Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

एमालेले १९ गते संसदीय दलको नेता चयन गर्ने


एमालेले १९ गते संसदीय दलको नेता चयन गर्ने

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश संसदीय दलको नेता पुस १९ गते चयन गर्ने भएको छ । पुस १९ मा बस्ने नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकबाट संसदीय दलको नेता चयन गरिने भएको छ । बैठकमा प्रदेश इन्चार्ज समेत रहेका पार्टीका सचिव रघुवीर महासेठसहित सहइन्चार्जहरु समेत सहभागी हुने भएका छन् । नेता महासेठको उपस्थितिमा मधेश प्रदेशमा पार्टीले संसदीय दलको नेताको चयन गर्ने भएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनबाट मधेश प्रदेशमा पहिलो दल बनेको नेकपा एमालेले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन् । एमालेले १३ प्रत्यक्ष र ९ समानुपातिक गरी मधेश प्रदेशमा २३ सिट जितेर पहिलो दलको हैसियतमा छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै दलको नेता चयन गर्न नेताहरु केन्द्रित भएका छन् । आउँदो १९ गते बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने नवनिर्वाचित प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले बताए । पार्टीका प्रदेशका नेताहरुको रोहवरमा संसदीय दलको नेता चयन गरिने मण्डलले बताए । संघमा सरकार गठनको क्रममा प्रदेशमा संसदीय दलको नेता चयनमा ढिलाई भएको बताइएको छ । नेकपा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले सबैभन्दा ठूलो दलको हैसियमा संघीय सरकारमा सहभागी भएको छ । मधेश प्रदेशमा पनि सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपा एमाले वाँडफाँटमा सरकारको नेतृत्व नपाउने भएको छ । मधेश प्रदेश सरकारमा नेकपा एमाले सरकारको घटक दलको रुपमा रह्ने छ । वाँडफाँटमा मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो गरी जनता समाजवादी पार्टी(जसपा) र जनमत पार्टीले गर्ने भएको छ । अघिल्लो पटक विपक्षीको भूमिकामा रहेको नेकपा एमाले यो पटक भने सरकारमा सहभागी हुने पक्का छ । केही दिन अघिसम्म फेरी विपक्षीकै भूमिकामा बस्नुपर्ने अवस्था देखिएपनि केन्द्रमा एकाएक बदलेको सत्ता समीकरणले एमालेलाई मधेश प्रदेशमा पनि सरकारमा सहभागी हुने ढोका खुलेको छ । प्रदेशमा रामचन्द्र मण्डल, सरोज यादव, दिपेन्द्र ठाकुर लगायतका नेताहरु संसदीय दलको नेतामा दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध