जनकपुरधाम । मधेश प्रदेशमा आउँदो माघ २ गते सभामुख र उससभामुखको चुनाव हुने भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले प्रदेशमा सभामुख पदका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने समय तोकेको छ । बैठकले माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णायार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेसँगै शनिबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने कानुनी प्रावधान छ ।
बैठकमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने कार्यक्रम राख्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेपछि कार्यसुचिबारे समेत सर्वदलीय बैठकमा छलफल भएको उनले बताए ।
बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने दलहरुको तर्फवाट शुभकामना मन्तव्य राख्ने प्रदेशसभा सदस्यहरुको नामावली सिफारिस गरिएको छ ।
मधेस प्रदेशसभाले नयाँ सभामुख नपाएसम्म सप्तरी–४ ‘क’ बाट निर्वाचित ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले प्रदेशसभाको अध्यक्षता गर्नेछन् । यसअघि न्यौपानेले शुक्रबार नवनिर्वाति प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराएका थिए । उनी आपैm भने प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण गरेका थिए । प्रदेशका निर्वाचित पार्टीहरुले अहिलेसम्म दलको नेता चयन गर्न सकेको छैन् । दलको नेता चयन गर्ने अभैm निश्चित नभएको बेला नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको चयन माघ २ गते गर्ने निर्णय गरेको छ । संघमा रहेको सत्ताधारी दलका सामूहिक उम्मेदवार नै सभामुख र उपसभामुख चयन हुने करिब पक्का छ । प्रदेशसभामा नेकपा एमालेको २३, जसपाको १६, जनमत पार्टीको १३, नेकपा माओवादीको ९, राप्रपा र नागरिक उन्मुक्ती पार्टीको एक÷एक सांसद रहेको छ । यसरी ६३ जना सांसद रहेकोले सभामुख र उपसभामुख संघमा सत्ता सहयात्री रहेको दलहरुले पाउने निश्चित छ ।