Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ


नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ

प्रदेशमा पनि मधेशी भाषामा शपथ, मगहीलाई पनि स्थान

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मधेश प्रदेश सभामा नव निर्वाचित प्रदेशसभा सदस्यहरूलाई प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पथ तथा गोपनियताको शपथ ग्रहण गराए । यसको न्यौपानेले बिहीबार नै शपथ ग्रहण गरेका थिए । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

मधेश प्रदेशमा नवनिर्वाचित १ सय ४ जना सदस्यले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेकपा माओवादीका समानुपातिकतर्पm निर्वाचित दुई जना प्रदेसभा सदस्यलाई सर्वोच्चले पद तथा गोपनियताको शपथ ग्रहणमा रोक लगाएको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले ९ भाषामा शपथ ग्रहण गरेका छन् । सबैभन्दा बढी नेपाली भाषामा ५६ जनाले शपथ ग्रहण गरेका छन् । बज्जिकामा १३ जनाले शपथ ग्रहण गरेका छन् । मैथिली भाषामा ११ जनाले शपथ लिदा भोजपुरीमा ७ जना नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् । थारुमा तीन जना प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेका हुन् । मगही र हिन्दी भाषामा २÷२ जनाले शपथ ग्रहण गर्दा नेपाल संघीय समाजवादी पार्टीबाट समानुपातिकतर्पm निर्वाचित एक मात्र प्रदेश सभा सदस्य बिमला अंसारी तरन्नुमले उर्दु भाषामा शपथ ग्रहण गरेकी छन् । आउँदो सोमबारको लागि आह्वान गरिएको पहिलो अधिवेशनले प्रदेशमा सरकार गठनको लागि आह्वान गर्ने छ ।

 

जनमतका प्रदेशसभा सदस्यले पनि मधेशी भाषामै लिए शपथ

जनमत पार्टीबाट प्रत्यक्ष र समानुपातिकतर्पm निर्वाचित १२ जना प्रदेशसभा सदस्यले मधेशी भाषामा शपथ ग्रहण गरेका छन् । सूचिकृत भाषामा मात्र शपथ ग्रहण गराउन सरोकारबालाहरुले गरेको आग्रहलाई बेबास्ता गर्दै जनमत पार्टीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले केन्द्रीय अध्यक्ष डा. सीके राउतले शपथ लिएको मधेशी भाषामै शपथ ग्रहण गरेका हुन् । गएको पुस ७ गते प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण कार्यक्रममा जनमतबाट प्रत्यक्ष र समानुपातिकतर्पm निर्वाचित अध्यक्ष डा. राउतसहित ३ जना सांसदले मधेशी भाषामा शपथ ग्रहण गर्दा विवाद भएको थियो । नेपाल सरकारको आधिकारिक दस्तावेजहरुले नचिनेको मधेशी भाषामा शपथग्रहण गरेपछि मधेशी आयोग, मैथिली विकास कोष लगायतको संघसंस्थाले विरोध गरेको थियो । उनीहरुको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउनुपर्ने माग समेत गरेको थियो । मधेश प्रदेशमा शपथ ग्रहणको पूर्व सन्ध्यामा संघसंस्थाका पदाधिकारीहरुले मधेश प्रदेश संसद सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएर सूचिकृत नरहेको भाषामा शपथ नगराउन आग्रह गरेको थियो । तर, उनीहरुको आग्रहलाई बेबास्ता गर्दै जनमतका प्रदेशसभा सदस्यहरुले मधेशी भाषामा शपथ ग्रहण गरेका छन् । १३ जना प्रदेशसभा सदस्य रहेको जनमत पार्टीका एक जनाले मैथिली भाषामा शपथ ग्रहण गरेका छन् । सप्तरीबाट निर्वाचित जनमत पार्टीका प्रदेशसभा सदस्य सतिश सिंहले मैथिली भाषामा शपथ लिएका हुन् । मधेशी भाषालाई राष्ट्रिय जनगणना तथा भाषा आयोगले सूचीकरण गरिसकेको छैन् ।

 

माओवादीका दुई प्रदेश सांसदलाई शपथमा रोक

जनकपुरधाम । मधेस प्रदेशका २ जना प्रदेश सांसदलाई शपथमा सर्वोच्च अदालतले रोक लगाएको छ । महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको संसद् सचिवालयले जनाएको छ ।

माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।

मधेस प्रदेशमा माओवादीबाट ४ जना समानुपातिकमा निर्वाचित भएका थिए । निर्वाचित हुनेमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन् । सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन् ।

समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मालाकुमारी र रजीको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए ।

उक्त मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंसिर २९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा दुवै जनालाई तत्काल निर्वाचित नगर्न भनिएको थियो । दुवै पक्षलाई बोलाई छलफल गरीमात्र निष्कर्षमा पुग्न सकिने आदेशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध