नवलपुर । सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम सम्मानित भएको छ ।
श्रीपति कोइराला गुठीले शनिबार पोखरामा आयोजित संस्थाको ३० औँ वार्षिक साधारण सभाका अवसरमा श्रीपति सेवा पुरस्कार २०७९ र श्रीपति समाज सेवा पदक २०७९ बाट आश्रमलाई सम्मान गरेको हो । गुठीका अध्यक्ष लक्ष्मण प्रसाद कोइरालाले २ लाख २२ हजार २२२ रुपैयाँको चेक र सम्मान–पत्र प्रदान गरी सम्मान गरेका हुन् ।
२०५५ सालमा स्थापना भएको आश्रमका संरक्षक बासुदेवशरण कोइराला र व्यवस्थापक भवानी कोइरालाले सम्मान पत्र र पुरस्कार रकम गरेका छन् । जुटपानी आश्रमले छोराछोरीबाट अपहेलित भएका बुवा आमालाई पालपोषण गरेर राखिरहेको छ ।
आश्रमले ज्येष्ठ नागरिकको पालनपोषण गरी योगदान पुर्याएको भन्दै यस्ता थुप्रै पुरस्कारबाट सम्मानित भइसकेको छ ।