Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

प्रतिनिधिसभा सदस्यको शपथ


प्रतिनिधिसभा सदस्यको शपथ

??????????? ???????? ??? sf7df8f}F, & k';M ???? ????????????? ?????? ????? ????? ??????? ?????? ????? ???????? ?????????????? ??????? ????? ?????? ????? ??????? ?? ??? ?????????? ??? ????? ??????????? ????? ? ??????? /f]zg ;fKsf]6f ÷????

काठमाण्डौ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस सांसद टेकबहादुर गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ लिएका छन् । संसद सचिवालयका अनुसार दुवैजनाले बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् ।

त्यस्तै सशस्त्र प्रहरीका असई थमन बिक हत्या अभियोगमा महतो प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् ।

२०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी–लेखेटी हत्या गरेको आरोपमा लक्ष्मी महतो कोइरी अहिले पनि फरार सूचीमा छन् । तर, निर्वाचनको मुखमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै उनी महोत्तरी–१ बाट ‘सूर्य चिह्नवाहक’ उम्मेदवार बनेका थिए । सिट बाँडफाँट गर्दा महोत्तरी–१ एमालेको भागमा परेपछि कोइरी एमाले नै प्रवेश गरेर चुनाव लडेका हुन् । गठबन्धनको सहयोगीका रूपमा जसपाको समेत समर्थनमा उनी विजयी भएका थिए ।

संविधान जारी हुनुअघि मधेसमा सुरु भएको आन्दोलनमा सुरक्षार्थ खटिएका विकको हत्या कोइरीकै योजनामा भएको अभियोग छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । घटनापछि थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाको नाम किटेर जाहेरी दिएका थिए ।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्यायो र कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध