Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मुख्यमन्त्री राउतको पाँच वर्षे कार्यकाल


मुख्यमन्त्री राउतको पाँच वर्षे कार्यकाल

प्रदेशको नाम र राजधानीमा सहयोग गरेकोमा विपक्षीको प्रशंसा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपक्षीको खुलेर प्रशंसा गरेका छन् । आप्mनो नेतृत्वको सरकारलाई विपक्षी दलले पाँच वर्षसम्म सहयोग गरेकोमा प्रशंसा गरे । आपूmहरुले ल्याएको पाँचमध्ये चार वटा बजेट सर्वसम्मतले प्रदेशसभाबाट पारित भएको सम्झिदै मुख्यमन्त्री राउतले उनीहरुको सहयोगले प्रदेशको नामाकरण र राजधानी सम्भव भएको जिकिर गरे ।

मुख्यमन्त्री राउतले बुधबार बिहान नीजि निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर आप्mनो पाँच वर्षे कार्यकाल सफल रहेको दावी गरे ।

संघ सरकारको बाधा अवरोध, कानुनी जटिलताका बाबजुद पनि सरकारले संघीयता र सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यहरु गरेको उनले दावी गरे ।

उनले संविधान निर्माण पछिको पहिलो सरकारका रुपमा काम सुरु गर्दा संस्थागत, संरचनागत र कानुनी जटिलता भए पनि अरू प्रदेशको तुलनामा उल्लेखनीय काम गरेको दाबी गरे । सङ्घीयता कार्यान्वयनका लागि नेपालको संविधानको अनुसूची–६ ले दिएका अधिकार कार्यान्वयन गर्न आफू नेतृत्वको सरकारले हरसम्भव प्रयास गरेको भन्नुहुँदै मुख्यमन्त्री राउतले अब बन्ने नयाँ सरकारले यसलाई थप कार्यान्वयन गर्दै लैजाने विश्वास व्यक्त गरे ।

प्रदेशका अधिकार कार्यान्वयनका लागि मुख्यमन्त्रीका रुपमा मैले र मेरो नेतृत्वको सरकारले अधिकतम् भूमिका खेलेको छ, उनले भने, बाँकी कामहरु नयाँ सरकारले पूरा गर्नेमा म आशावादी छु ।

प्रदेशको अधिकार कार्यान्वयनका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट हाल्नु परेको स्मरण गर्दै मुख्यमन्त्री राउतले पाँच वर्षमा ५५ ऐन निर्माण गरेर कानुनी रुपमा प्रदेशलाई बलियो बनाउने प्रयास गरेको बताए ।

त्यसैगरी उनले सामाजिक रुपान्तरण र यहाँका विविध जातजाति तथा महिलाको पहिचान स्थापित गराउन प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको समेत बताए । छोरी बीमा कार्यक्रम, ५० प्रतिशत महिला र जनसङ्ख्याका आधारमा आरक्षण दिने गरी प्रदेश निजामती सेवा ऐनलगायत कानुन निर्माणको काम भएको छ, मुख्यमन्त्री राउतले भने, यसबाट सङ्घीय सरकार र अरू प्रदेशले पनि सिक्नुपर्छ । अब बन्ने प्रदेश सरकारले पनि बनेका ऐन नियम कार्यान्वयन तथा थप सुधारमा ध्यान दिनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध