जनकपुरधाम । तलब भत्ता नखुवाएको विरोधमा धनुषाका शिक्षक संघ संगठनहरुले भोली शुक्रबार जिल्लाका विद्यालय बन्दको घोषणा गरेको छ ।
जिल्लाको नगराइन नगरपालिका, कमला नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाले चालु आर्थिक वर्षमा हालसम्म शिक्षकहरुको तलब भत्ता खुवाउन सकेको छैन् ।
तलब भत्ताको माग गर्दै गएको मंसिर १८ गतेदेखि शिक्षकहरुले नगराइन नगरपालिका कार्यालय अगाडि धर्ना बस्दै आएका छन् । यद्यपी जनप्रतिनिधिहरुले उनीहरुलाई तलब भत्ता खुवाउने विषयमा चासो लिएका छैनन् । नेकपा एमालेका स्थानीय नेता र जनप्रतिनिधिहरुले भण्डाफोर अभियान चलाएको छ भने नेपाली कांग्रेसका कार्यकर्ताले जनजागरण अभियान संचालन गरेर शिक्षकको माग पूरा गर्न तर्पm चासो लिएको छैन् । गएको साउन महिनादेखि हालसम्म शिक्षकहरुलाई तलब खुवाउनको लागि जनप्रतिनिधिलाई पटक पटक ताकेता गरेपनि चासो नलिएपछि बाध्य भएर जिल्लाभरिको विद्यालय शुक्रबार बन्दको आह्वान गरिएको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादवले बताए ।
जिल्लास्थित शिक्षक संघसंगठनका पदाधिकारीहरुले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर शुक्रबार एक दिन धनुषाको विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् ।
तलब भत्ता खुवाउनको लागि जनप्रतिनिधिहरु गंभिर नदेखिए आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेर अघि बढ्ने चेतावनी शिक्षक संघ संगठनका पदाधिकारीहरुले दिएका छन् । नगराइन नगरपालिकामा मेयर विनय कुमार यादव र उपमेयर राधा देवी यादव बीच राजनीतिक टकरावका कारण शिक्षक, स्वास्थ्यकर्मीसहितका कर्मचारी तलब भत्ता खानबाट समेत बञ्चित हुनुपरेको नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाका अध्यक्ष मञ्जु कुमारी महतोले आरोप लगाए । नगराइन नगरपालिकाका शिक्षकहरुले १७ दिनदेखि आन्दोलित रहेपनि जनप्रतिनिधिहरु माग सम्बोधनप्रति चासो नलिदा आपूmहरु बाध्य भएर विद्यालय बन्द गरेर अघि बढ्ने निर्णय गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन धनुषाका अध्यक्ष धर्मेन्द्र यादवले बताए ।
६ महिनासम्म तलब भत्ता नदिदा शिक्षकहरुको अवस्था कस्तो होला ? संघीय शिक्षक फोरम धनुषाका अध्यक्ष नन्दकिशोर तिवारीले भने–परिवार चलाउन समेत समस्या अवस्था छ । मुलुकमा तीन तहको सरकार गठन भएदेखि सबैभन्दा बढी समस्या शिक्षकलाई भइरहेको तिवारीले दावी गरे । मेयर विनय यादवले शिक्षकको माग सम्बोधन गर्न तयार देखिएपनि नेकपा एमालेबाट निर्वाचित उपमेयर राधा देवी यादव भने विगतमा भएको निर्णय खारेज नभएसम्म कुनै काम अघि बढ्न नदिने अडानमा छिन् । नगरपालिकाको कार्यपालिका बैठकबाट विगतमा गरिएको निर्णय उच्च अदालत जनकपुरले समेत सदर गरिसके पनि उपमेयर राधादेवी यादवले खारेजको माग गरेर पालिकालाई अनिर्णयको बन्दी बनाएको आरोप उनीहरुले लगाए । कमला नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाले पुस १५ भित्र शिक्षक, कर्मचारीहरुको तबल भत्ता खुवाउने सहमति गरेको छ । सहमति गरेपनि हालसम्म तलब भत्ता खुवाउने प्रक्रिया भने अगाडि नबढाएको अध्यक्ष धर्मेन्द्र यादवले बताए । अघिल्लो समय देखिएको बेथिति हटाउन उनीहरुले शिक्षा क्षेत्रलाई प्रदेश वा संघीय सरकार मातहतमा ल्याउन सुझाव समेत दिएका थिए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय शिक्षक मंचका जिल्ला अध्यक्ष श्याम साह, एकीकृत अखिल नेपाल शिक्षक संघ धनुषाका सचिव देवनन्दन ठाकुर, नेपाल राष्ट्रिय शिक्षक संघका विश्वनाथ यादव, नेपाल शिक्षक संघका महिला उपाध्यक्ष मीना मण्डल लगायतको उपस्थिति रहेको थियो ।