Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

केन्द्र कुर्दै मधेश प्रदेश


केन्द्र कुर्दै मधेश प्रदेश

संसदीय दलको नेता चुन्न सकस

जनकपुरधाम । संघीय सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समयसीमा अब चार दिन बाँकी रहँदा मधेश प्रदेशमा दलहरु अभैm अन्योलमा देखिएको छ । केन्द्रले संसदीय दलको नेता चयन गरेर सत्ता समीकरण पूरा गरेपछि मात्रै मधेश प्रदेशमा सरकार गठनको प्रक्रिया अघि बढ्ने देखिएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो बनेको नेपाली कांग्रेसको संसदीय दलको नेता चयन भएपछि सरकार गठन प्रक्रिया अघि बढ्ने छ । सत्ता गठबन्धनले सरकार गठनको लागि थप दलको समर्थन जुटाउनुपर्ने छ । गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसकेकोले थप दलको समर्थन जुटाउनुपर्ने बाध्यता छ । यसको लागि सत्ता गठबन्धनले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन माग्ने सम्भावना छ । जनता समाजवादी पार्टी(जसपा) पनि सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । सत्ता गठबन्धनले समर्थन लिएको दल मधेश प्रदेशमा पनि निर्णायक हुने छ । मधेश प्रदेशमा पनि सत्ता गठबन्धन स्पष्ट बहुमत प्राप्त गरेको छैन् । केन्द्रमा समर्थन दिने दलले मधेश प्रदेशमा पनि सरकार गठन गर्न सत्ता गठबन्धनलाई सहयोग गर्ने अनुमान गरिएको छ । यसको लागि मुख्यमन्त्रीसहित मन्त्रालयको वाँडफँट पनि महत्वपूर्ण हुने छ ।

संसदीय दलको नेता चयन गर्ने प्रक्रिया यसै साता अघि बढाउने नेपाली कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्ण यादवले बताए ।

कार्य सम्पादन समितिबाट संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अनुमोदन भएपछि अगाडि बढ्ने उनले थपे ।

सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुँदा बाहिरी दलको समर्थन जुटाउने प्रयास गरिने उनले बताए । गठबन्धनले थप समर्थन जुटाउछ, उनले भने–तर, यसको खाका भने केन्द्रले कोर्ने छ ।

मधेश प्रदेशमा २३ सिट जितेर ठूलो दलको हैसियतमा रहेको नेकपा एमाले पनि यसै साता संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने नवनिर्वाचित प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले बताए । संसदीय दलको नेता चयन भएपछि सरकार बनाउने दावी पेश गर्ने÷नगर्ने टुंगो केन्द्रको समीकरणले लाग्ने नेता मण्डलले बताए ।

१५ दिनभित्र शपथग्रहण र प्रदेशसभा बैठक गर्नुपर्ने

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यहरूले प्रदेशसभा बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्नेछ । त्यसैगरी संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ ।

प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले संवैधानिक व्यवस्थानुसार आगामी पुस २१ गतेभित्र प्रदेशसभा बैठक बस्नैपर्ने भएकाले त्यही आधारमा प्रदेशसभा बैठकको व्यवस्थापन गरिने स्पष्ट पारे । बीस दिनभित्र बैठक बस्ने र त्योभन्दा अघि शपथग्रहण गरिसक्नुपर्ने प्रावधान भए पनि प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको बन्ने प्रष्ट नभएकाले अहिले नै प्रदेशसभा बैठक व्यवस्थापनमा अन्योल रहेको बताए । बैठक बस्नुअघि नै नयाँ सरकार बनेमा सोहीअनुसार व्यवस्थापन गर्छौँ, यादवले भने, “त्यसो नभए पनि सर्वदलीय बैठकको निर्णयबमोजिम अगाडि बढ्छौँ ।

संविधानको धारा १६८ (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेश सरकार बनाउनुपर्ने प्रावधान छ । यसअनुसार आगामी पुस ३१ गतेभित्र सरकार बनाइसक्नु पर्नेछ ।

ज्येष्ठ सदस्यले शपथ गराउने

निर्वाचन आयोगबाट प्राप्त परिणाम र प्रदेश सचिवालयमा उपलब्ध विवरणानुसार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पहिलो बैठकको अध्यक्षता गर्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने हाल सबैभन्दा ज्येष्ठ सदस्य रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेपालको संविधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रदेशसभा बैठकको अध्यक्षता उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्छन् । ज्येष्ठ सदस्यले प्रदेशसभा सचिवालयको सिफारिसमा प्रदेश प्रमुखसमक्ष शपथग्रहण गर्ने गर्दछन् । यही व्यवस्थानुसार सर्वदलीय बैठकपछि ज्येष्ठ सदस्य र त्यसपछि बाँकी सदस्यको शपथग्रहणको योजना बनाउने प्रदेशसभा सचिवालयका सचिव यादवले जानकारी दिए ।

अघिल्लोपटक मधेस प्रदेशसभामा भोजपुरी, मैथली, नेपाली र हिन्दी गरी चार भाषामा शपथग्रहण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध