Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मधेशी महिला सशक्त हुँदै


मधेशी महिला सशक्त हुँदै

जनकपुरधाम । धनुषामा चेतनामूलक विकाससंगै लक्षित वर्गको आयस्तर उकास्न आयमूलक तालिमहरुले महिलाहरु हौसिएका छन् ।

जिल्लाको शहीदनगर नगरपालिकाको ग्रामीण क्षेत्रका महिलाहरु पनि अहिले आय तथा सीपमूलक तालिममा व्यस्त रहेका छन् । तालिम लिएर आफै आत्मनिर्भर बन्ने अठोटका साथ उनीहरु अहिले ब्युटी पार्लर, सिलाईकटाई सिक्न व्यस्त भएका हुन ।

शहीदनगर नगरपालिका वडा नम्बर १ ले आफ्ना वडामा रहेका महिलाहरुको आय स्तर उकास्नका लागि वडामा रहेको १२ जना महिलाहरुलाई स्वरोज बनाउन सिप प्रदान गरेको छ । वडाका विपन्न, दलित महिलाहरुलाई छनौट गरी उनीरुलाई दुई पटक तालिम प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष तेजीलाल यादवले बताए ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शहीदनगरसहित जिल्लाको पाँच पालिकाका विपन्न, दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम प्रदान गरिएको हो ।

तालिमको सिकाई उपलब्धीलाई व्यवहारमा ल्याएर आपूmहरु आत्मनिर्भर हुने विश्वास शहीदनगर नगरपालिका–४ की पुनिता पासवानको छ ।

ब्युटी पार्लर, माछा पालन, सिलाई कटाई कसरी गर्ने, यसको बजार, ग्रामीण महिलाहरुको लागी उसको उपयोगिता लगायतको विषयमा जानकारी प्रदान गरिएको आसमान नेपालका परियोजना संयोजक घुरन यादवले बताए ।

तालिमका प्रशिक्षार्थी आफै लगाउन तथा ब्यापार गर्न समेत तालिमले सहज पार्ने उनले बताए । टोल छिमेकका अन्य साथीहरुलाई पनि यसबारे सीप दिइ सामुहिक रुपमा यसको व्यवसाय गर्ने सोच रहेको पुनिताले बताइन् ।

शहीदनगर नगरपालिकाका बालाबाखर, कुम्भकर्ण, ननुपट्टी लगायतका महिलाहरुले आपैm स्वरोजगार विभिन्न पेशा रोजेकी छन् ।

आर्थिक रूपमा ती महिलाको पहुँच नहुनु र घरमा समेत उनलाई कुनै कानुनी (मनमा लागेको बोल्ने, निर्णय लिने) अधिकार थिएन् । हिजो जो महिला विद्यालय गए वा सामुदायिक गतिविधिमा संलग्न रहे, तिनले आर्थिक स्वतन्त्रताको महत्व बुझे । र, आज तिनको अवस्था सुध्रिएको महिला अगुवा रितादेवी साफी बताउँछिन् ।

मधेशका धेरैजसो महिला एउटा उत्पादन इकाइ जस्तो भएर बसेका थिए, उनले भनिन्–खाना पकाउनु, खुवाउनु, बच्चा जन्माउनु, श्रीमान्, छोराछोरी वा सासूससुराले जे भन्यो त्यही सुन्नु । अहिले भने महिलाको काम त्यति नै छैन्, चुल्होचौकोसँगै आत्मनिर्भर पनि बन्नु छ । घरको कामसँगै आपूm पनि सक्षम र योग्य भई परिवारको समृद्धिमा सहयोग पुर्याउन हौसिएको शहीदनगर नगरपालिका–७ का वडाध्यक्ष महेश्वर मण्डलको तर्क छ ।

आर्थिक सशक्तीकरण, निर्णय लिने प्रक्रियामा महिलाको पहुँच, सामुदायिक स्तरमा संलग्न हुन थालेकोले अव भने महिला सशक्त भइरहेको उनले थपे ।

पछिल्ला तथ्यांकले मधेशका महिलाको आर्थिक स्वतन्त्रताका केही झिल्का देखाएको छ । आर्थिक गतिविधिमा महिलाहरूको संलग्नता बढेको छ । तर, समस्या के भने उनीहरूको कामको गणना र सराहना हुँदैन् । ज्नता आधारभूत विद्यालय कुम्भकर्णका प्रधानाध्यापक मोहन यादवको भनाई छ ।

देशको कुल गार्हस्थ्य उत्पादनमा मधेशका महिलाको योगदानबारे यकिन तथ्यांक दिन गाह्रो छ । तर योगदान त छ । कृषिमा महिलाको भूमिका सम्मानयोग्य छ ।

अहिले आएर औपचारिक श्रममा पनि मधेशी महिलाको सहभागिता बढ्दै गएको छ ।

कतिपय महिलाले आफ्ना बेरोजगार श्रीमानलाई रिक्सा र ठेला किनिदिएका छन्, फलफूल पसल थापिदिएका छन् । विकास–निर्माणका काममा मधेशका महिला सहभागी हुन थालेका छन् । शासन÷प्रशासनमा पनि उनीहरूको उपस्थिति केही बढेको छ । महिला सशक्त भए समाजमा देखिएको बालविवाह जस्तो विकृति न्युनिकरण गर्न सकिने प्रअ मोहन यादवको तर्क छ । महिला सशक्त नभएसम्म सामाजिक रुपान्तरण सम्भव नरहेको उनको दावी छ । मधेशमा महिलाले अवसर नपाउँदा सामाजिक रुपमा पछि परेको उनको भनाई छ । अवसर पाएमा मधेशी महिलाहरु पनि नेतृत्व लिन तयार रहेको प्रअ यादवले थपे । धनुषाको शहीदनगरसहित सबैला नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका ६० भन्दा बढी महिलालाई आत्मनिर्भर बनाउन आर्थिक रुपमा समेत सहयोग गर्ने भएको छ । उनीहरु विभिन्न व्यवसाय संचालन गर्ने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध