Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

छात्रामैत्री बन्दै मावि हथमुण्डा


छात्रामैत्री बन्दै मावि हथमुण्डा

जनकपुरधाम । धनुषाको कमला नगरपालिका–७ हथमुण्डामा रहेको प्रगतिशिल माध्यमिक विद्यालयमा पढ्ने कक्षा ८ की जानकी कुमारी यादव महिनाबारी हुँदा सरसफाइका लागि घर आउने जाने गर्थिन् । यसले गर्दा उनको कक्षा छुट्थ्यो । कहिले त विद्यालय नै नआई घरमै बस्थिन् । तर अहिले विद्यालयमा लैंगिक मैत्री शौचालय बनेपछि महिनाबारीको समयमा कक्षा छुट्ने त के, उनलाई मानसिक तनावसमेत हुन छाडेको छ । ‘केटाकेटी सबैले एउटै शौचालय प्रयोग गर्नुपर्ने हुँदा पालो कुर्नुपर्ने झन्झट थियो । सबैभन्दा गाह्रो महिनाबारीको समयमा हुन्थ्या । प्याड बदल्न घरै पुग्नुपर्ने अवस्था थियो । कक्षा छुट्थ्यो । तनाव उत्तिकै भएर पढाइमा ध्यानसमेत जाँदैनथ्यो,’ खुसीको भाव दर्साउँदै उनले भनिन्, ‘अहिले भने हामीलाई सहज हुनेगरी शौचालय बनेको छ । विद्यालयले नै सेनेटरी प्याड उपलब्ध गराउँछ । शौचालयभित्रै फोहोर प्याड राख्ने व्यवस्था छ । धेरै जम्मा भएपछि प्याड जलाएर नष्ट गर्छौं ।’

यस्तै आरती कुमारी महतो पनि अघिल्लो वर्षदेखि लैंगिक मैत्री शौचालय प्रयोगमा आउँदा हर्षित छिन् । यस्तो शौचालयले डराईडराई शौच गर्नुपर्ने अवस्था हटेको कक्षा ८ मा अध्ययनरत आरति बताइन् । ‘राम्रो शौचालय नहुँदा खुला ठाउँमा लुकेर गर्नु पथ्र्यो । कोईकसैले देख्छ कि भनेर मनमा डर हुन्थ्यो,’ उनले भनिन्, ‘शौचालय प्रयोग गर्न पाउँदा अहिले त सुरक्षित भएको महसुस हुन्छ ।’

महिनाबारी हुनु भनेको नियमित प्राकृतिक जैविक प्रक्रिया हो तर नियमित सरसफाइ गरिएन भने यौनांगदेखि पाठेघरसम्म नै असर गर्न सक्छ । महिनाबारी हुँदा बग्ने रगतले भिज्नेबित्तिकै र सामान्य अवस्थामा सात घण्टामा प्याड फेर्नैपर्छ भन्ने छ । फोहोर प्याड जथाभावी फाल्दा वातावरण अस्वच्छ हुने देखेर विद्यालयले प्रयोग भएको प्याड छुट्टै राख्ने र पछि जलाउने व्यवस्था गरेको फोकल पर्सन सुरैत मण्डलले बताए । ‘सुरुआती समयमा विद्यालयमा शौचालय नै थिएन् । पछि निर्माण त गरियो तर त्यति धेरै प्रभावकारी भएको थिएन् । यसले गर्दा छात्रासँगै महिला शिक्षकलाई समेत सहज भएको छ,’ उनले भने, ‘ग्रामीण भेगमा सेनेटरी प्याड किन्न सहज छैन भनेर विद्यालयमा नै उपलब्ध छ । छात्रामैत्री शौचालय निर्माण र त्यसमा पानीको व्यवस्थापनको लागि हैण्डपाईप, टयांकी पनि आसमान नेपालले बालविवाह न्युनिकरण परियोजना अन्तर्गत सहयोग गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले कमला नगरपालिकासहित धनुषाको पाँच पालिकामा बालविवाह न्युनिकरण परियोजना संचालन गरेको छ ।

परियोजनाले गरेको कामकाजको शुक्रबार संयुक्त टोलीले अनुगमन गरेको छ । मधेश प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयालको नेतृत्वमा गएको टोलीले विद्यालयमा लैंगिकमैत्री शौचालय निर्माण हुँदा छात्राहरुलाई विद्यालयमा नियमित हुन सहज भएको जिकिर गरे ।

लैंगिक मैत्री शौचालय प्रयोगमा आएपछि विशेष गरी छात्राको कक्षा नियमित भएको प्रगतिशिल माविका प्रधानाध्यापक छ । त्यसैगरी पढ्ने वातावरणसमेत विद्यार्थीलाई भएको महसुस गरिएको शिक्षक जवाहर यादवले बताए । छात्रको तुलनामा छात्राको संख्या बढी रहेको ती विद्यालयमा कक्षा १ देखि १० सम्म उत्कृष्त गर्नेमा छात्रा अव्वल रहेकी छन् । लैंगिकमैत्री शौचालयले उनीहरुको मनोविज्ञानमा सकारात्मक प्रभाव पारेको शिक्षकहरुको तर्क थियो । विद्यालयमा आउने बालबालिकालाई टिकाउन पठनपाठन प्रभावकारी बनाउनका साथै व्यवस्थापनमा समेत जोड दिनुपर्ने शिक्षा विकास निर्देशनालयका निर्देशक फुयालको धारणा थियो । महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले छात्रामैत्री विद्यालय बनाउन महिला शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

स्यानेटरी प्याड लगायतको सामग्री विद्यालयलाई उपलब्ध गराएको आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारीले बताइन् । विद्यालयमा राखिएको गुनासो पेटिकामार्पmत आएको गुनासोलाई सम्बोधन गरेर विद्यालयलाई छात्रामैत्री बनाउने प्रयास गरिएको फोकल पर्सन मण्डलले बताए ।

विद्यालयको समस्या समाधान गर्न हरसम्भव प्रयास गर्ने कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले प्रतिबद्धता जनाएका थिए । उनीसँगै अनुगमनमा रहेकी उपप्रमुख शिलादेवी मण्डलले पनि छात्राहरुलाई कुनै पनि समस्या भए पालिकामा सम्पर्क गर्नको लागि आग्रह गरेकी थिइन् । अनुगमनमा कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुर, शिक्षा संयोजक अमित जैसवाल, आसमान नेपालका प्रतिनिधिहरु थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध