Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

तस्करी नियन्त्रण गर्नमा प्रहरी सक्रिय


वीरगञ्ज । तस्करी नियन्त्रणमा पर्सा प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवैध कारोवार नियन्त्रणका लागि संयुक्त रुपमा गस्तिलाई तिव्रता दिएका छन् ।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता, सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भन्सारको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटका ४ वटा गोदाममा छापा मारेको छ ।

रानीघाटमा श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र बिनोद कुमार साहका गोदामबाट २१ लाख १६ हजार ४ सय मूल्य बराबरको चामलसहित अन्य सामाग्री बरामद गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।

मल्लका अनुसार ति गोदामहरुबाट २ सय ८१ क्वीन्टल चामल, १० क्वीन्टल मैदा, २ कार्टुन सर्जिकल सामाग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवास र २ कार्टुन स्प्रे बरामद गरिएको हो । अबदेखि यो अभियानलाई निरन्तरता दिँदै राजस्व चुहावटलाई नियन्त्रण गर्नेतर्फ प्रहरी सचेत रहेको प्रहरी निरीक्षक मल्लले बताए ।

विर्तामा मल्लले प्रमुखको जिम्मेवारी सम्हालेसँगै धेरै हदसम्म अपराधिक गतिविधिमा पनि कमी आएको छ भने शान्ति सुरक्षाको आभाष पनि भएको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले बताए ।

सशस्त्र प्रहरी बल भन्सारका प्रमुख प्रहरी निरीक्षक रविन्द्र भट्टले पनि तस्करी नियन्त्रण र राजस्व चुहावट रोक्नका लागि सक्रिय रहेको बताए । यात्रा डेलीसँग कुराकानी गर्दै उनले सीमा क्षेत्रबाट हुने तस्करीको नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयुँक्त रुपमा अप्रेशनलाई निरन्तरता दिई अवैध रुपमा भण्डारण गरिएका सामाग्री नियन्त्रण लिने भट्टको भनाई छ ।

तस्करी बढेको व्यापक गुनासो आएपछि यहाँ स्थित ठूला ठूला गोदामहरुमा छापा मारिएको बताउँदै उनले अवैध कारोवार नगर्न पनि चेतावनी दिएका छन् । पछिल्लो समयमा सलबलाएका तस्करहरुलाई अब ठेगान लगाउने चेतावनी दिँदै उनले राज्यको ढुकुटी रित्याउनेहरुलाई कारवाहीको दायरामा ल्याउने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

जसपा जिल्ला अध्यक्ष यादवलाई प्रहरीले निर्घात कुटे

जसपा जिल्ला अध्यक्ष यादवलाई प्रहरीले निर्घात कुटे

मधेशी शहीदलाई पहिलोपटक सभामा श्रद्धाञ्जली

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध