Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सम्पत्तिको लागि ससुरा कुट्दै बुहारी


जनकपुरधाम । सामाजिक विकृतिको नमूना जनकपुरमा देखिएको छ । ससुराको शरिरमा छुन समेत सामाजिक रुपले छुट नपाएको बुहारीबाट ससुरा चप्पलले कुटिएको घटना बाहिरिएको छ ।

सम्पत्तिको लागि एक महिलाले आप्mनै ससुरालाई घरमै यातना दिदै आएको तथ्य बाहिरिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम–८ की महिलाले आप्mनै ससुरालाई आइतबार छोरीको सहयोगमा कुटपिट गरेपछि लामो समयदेखि घरमै यातना दिदै आएको तथ्य बाहिरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–८ बजरंगचोक बस्ने ८० वर्षीय रामआधार चौधरीलाई आप्mनै बुहारी र नातिनीले आइतबार कुटपिट गरेका हुन् । चौधरीलाई उनका माहिली बुहारी र नातिनी मिलेर निर्घात कुटपिट गरेका छन् । आफ्नै घरमा बस्न जाँदा मृत्यु भएका माहिला छोराकी श्रीमति र उनकी छोरी (नातिनी) ले ८० वर्षीय वृद्ध रामआधारलाई घरबाट निकाल्दै चप्पलले कुटेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

माहिला छोरा मनोज चौधरीको गत बर्ष नै मृत्यु भएपछि उनकी श्रीमति र छोरीले पटक पटक रामआधारलाई कुटपिट गर्दै आएको पीडितले बताएका छन् ।

चौधरीका तीन छोरामध्ये एकजना छोरा धनगढीमा बस्दै आएको र माहिला छोरा तथा कान्छो छोरा जनकपुरधाममा बसिरहेको अबस्थामा सबै सम्पत्ति मनोजकी श्रीमति र छोरीले नै पाउनुपर्ने माग गर्दै पटक पटक कुटपिट गरेको बताएका छन् ।

रामआधारले आफ्नो छोरालाई समेत भारतमा बुहारीले नै मारिदिएको गम्भिर आरोप समेत लगाएका छन् । उनले आफ्नो ससुरालीमै हुँदा उनको मृत्यु भएको र आफूहरुलाई केही थाहा नै नभएको सुनाए ।

चौधरीको बुहारीको माईती भारत बिहारको पँचौलमा छ । उनले आईतबार बिहान पनि भारतीय गुण्डाहरुलाई बोलाएर कुटपिट गर्न लगाएको आरोप लगाएका छन् ।

त्यहाँ प्रहरी आएपछि प्रहरीले ती भारतीय गुण्डाहरुलाई भगाएर उल्टै आफ्नो कान्छी बुहारी र कान्छो छोरा संतोष चौधरीलाई समेत पक्राउ गरेको बताए ।

बलबा प्रहरी चौकीका ईन्चार्जले कुटपिट गर्ने बुहारीसँग रकम लिएर उल्टै आफ्नो कान्छो छोरा र बुहारीलाई पक्राउ गरेको आरोप उनले लगाए । रामआधारले पटक पटक प्रहरीमा उजुरी, निवेदन हालेपनि उनलाई कारवाहीको सट्टा आफूलाई नै प्रहरीले यातना दिएको आरोप लगाए ।

सम्पत्ति बाँडफाँडको लागि माहिली बुहारीले नमानेको तथा सबै सम्पत्ति आफ्नै नाममा हुनुपर्ने अडानसहित आफूलाई पटक पटक घरभित्रै यातना दिएको आरोप उनले लगाएका छन् । तीनै तहको सरकारले ज्येष्ठ नागरिकको जीवनयापन सहज पार्न विभिन्न कार्यक्रमहरु ल्याएको छ । संघीय सरकारले ज्येष्ठ नागरिकलाई जीवनयापनको लागि सामाजिक सुरक्षाभत्ताको समेत व्यवस्था गरेको छ । तर, राजधानी जनकपुरमा ज्येष्ठ नागरिक आफन्तबाटै सार्वजनिक रुपमा कुटिदा सुरक्षानिकाय पनि मुकदर्शक बनेको हो । यसरी समाजलाई नै कलंकित गर्ने बुहारीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग सामाजिक संजालमा गरिएको छ । सम्पत्ति अंशमा चित्त नबुझेको खण्डमा कानूनी उपचार नखोजेर ज्येष्ठ नागरिकलाई यसरी कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध