जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) ले समानुपातिकतर्पmको ५ जनाको अन्तिम नामावली छनौट गरेको छ । जसपाले प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन आयोगमा पठाएको अन्तिम नामावली अनुसार प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव थापा, रञ्जु ठाकुर र सहनाज रहमान रहेका छन् । जसपा कार्यकारिणी समितिको शनिबार काठमाण्डौमा बसेको बैठकले प्रतिनिधिसभातर्पm पाएको पाँच सिटको लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको हो । जसपाले प्रत्यक्षतर्पm ७ सिट जितेको छ भने समानुपातिकतर्पm पाँच सिट प्राप्त गरेको हो ।