जनकपुरधाम । नेपाली कांग्रेसका प्रभावशाली नेता आनन्द प्रसाद ढुंगाना सांसद हुनबाट बञ्चित भएका छन् । ढुंगानाको नाम पार्टीले समानुपातिकतर्पm सिफारिस गरेको थियो । गएको असोज ३ गते कांगे्रेसले पठाएको १ सय १० जनाको समानुपातिक बन्दसूचीमा उनको नाम अटाएको थियो । तर समानुपातिकतर्पm पाएको मतको आधारमा कांगे्रेसले यसपाली तीन जना पुरुषलाई मात्र प्रतिनिधिसभा प्रवेश गराउन पाउने भएको छ । समानुपातिकतर्पm कांग्रेसले पाएको ३२ सिटमध्ये २९ महिलाहरुको लागि छुट्टाइए पछि पुरुष नेताहरुलाई सकस भएको छ । तीन जना पुरुष नेता मात्र समानुपातिकतर्पm छानिने भएपछि कांगे्रेसका प्रभावशाली नेताहरु पनि सांसद हुनबाट बंचित भएका हुन् । धनुषालाई आधार बनाएर राजनीति गर्दै आएका नेता ढुंगाना २०७४ को चुनावमा समानुपातिकबाट सांसदमा विजयी भएका थिए । केन्द्रीय अनुशासन समितिका प्रमुख समेत रहेका ढुंगाना समानुपातिकबाट यसपाली पनि सांसद बन्ने सम्भावना थियो । तर, पार्टीले सिट कम पाउँदा उनी नअटाएको हो । उनको नाम खस आर्य कलस्टरमा तेश्रो नम्बरमा सिफारिस गरिएको थियो । खस आर्य कलस्टरबाट एक नम्बरमा पार्टी प्रवक्ता प्रकाशशरण महत र दोश्रो नम्बरमा बसन्त भट्टराई थिए । महत भने समानुपातिकबाट सांसद हुने भएका छन् ।