जनकपुरधाम । पछिल्लो समय धनुषाका महिलाहरु स्वरोजगार तथा आयआर्जनमूलक क्रियाकलापमा संलग्न हुन थालेका छन् ।
सीपमूलक तालिम प्राप्त गरी विभिन्न उद्यममा लाग्ने महिलाहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
आय आर्जनमूलक सिपहरु सिकेर व्यवसाय प्रवद्र्धन गर्न महिलाहरु लागिपरेका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत धनुषाको पाँच पालिकाका महिलाहरु स्वरोजगार बन्न अग्रसर भएकी छन् ।
शहीदनगर, कमला, सबैला, विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाको गरी ६० जना महिला स्वरोजगार हुन व्यवसाय संचालन गर्ने तयारीमा जुटेकी छन् । शहीदनगर–७ की संगीता साहले विभिन्न समयमा तालिम लिएर अहिले पैmन्सी(श्रृंगार) पसल गर्ने तयारीमा छिन् । उनी स्वरोजगार बनेर घरपरिवारमा सहयोग गर्नुको साथै आपैm आत्मनिर्भर बन्न चाहेकी छन् । उनी जस्तै शहीदनगर–४ की पुनिता पासमानले माछा पालन गर्न चाहेकी छन् । उनी बस्ने गाउँ ननुपट्टी माछा व्यवसायको लागि देशमै प्रख्यात छ । शहीदनगर–३ सविता कुमारी राम, सोनम कुमारी झा र कौशिल्या कुमारी महराले पनि घरमै किराना पसल संचालन गर्न चाहेकी छन् । आसमान नेपालले सीप विकास र जीवन उपयोगी सम्बन्धी दिएको तालिमबाट प्रेरित भएर उनीहरु आत्म निर्भर हुनको लागि व्यवसाय गर्ने तयारीमा छन् । तर, उनीहरुलाई व्यवसाय संचालन गर्नमा आर्थिक श्रोत जुटाउन समस्या देखिएको छ । उनीहरुको यो समस्यालाई शहीदनगर नगरपालिका–१ बालाबाखरमा रहेको महिला साना किसान कृषि सहकारी संस्थाले समाधान गर्ने भएको छ । सहकारी संस्थासित आवद्ध भई स्वरोजगार बन्न चाहेकी किशोरी र महिलाहरुले आर्थिक समस्या समाधान गर्न सक्ने भएकी छन् । स्थानीय रीता देवी साफीको अध्यक्षतामा शुक्रबार शहीदनगर–३ मा भएको युवा महिलालाई सरकारी÷वित्तिय संस्थासँग आवद्धताका लागि समन्वयात्मक बैठकमा सहकारीका प्रबन्धक जयप्रकाश शर्माले सहकारीको ऋण लिने, ब्याज बुझाउनेबारे जानकारी गराएका थिए ।
ग्रामीण क्षेत्रका स्थानीय बजार केन्द्रहरुमा साना तथा मझौला महिला व्यवसायी संचालन गर्ने उनीहरुको योजना छ । जसमा कोही श्रृृङ्गार तथा ब्युटीपार्लर, कोही किराना पसल, कपरा पसललगायतका उद्यममा संलग्न हुने योजना बनाएकी छन् ।
महिलाहरु स्वरोजग भएमा यौन तथा प्रजनन अधिकार, लैंगिक समानता कायम हुने आसमान नेपालका परियोजना संयोजक घुरन यादवले विश्वास व्यक्त गरे ।
पाँच पालिकामा संचालन भइरहेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत सिप सम्बन्धी तथा जीवन उपयोगी तालिम लिएकी मध्ये ३१ जना व्यापारतर्पm र २९ जना ब्युटिपार्लर, सिलाई कटाई, कढाई सम्बन्धी तालिम लिएर स्वरोजगार हुन चाहेकी परियोजना संयोजक यादवले बताए ।
१० देखि १९ वर्षसम्मका युवा महिला लक्षित वर्ग रहेकोले उनीहरुलाई आत्मनिर्भर बनाउन पटक पटक गरी तीन प्रकारको तालिम दिएर स्वरोजगारतर्पm प्रेरित गरिएको यादवले बताए ।
सीप सिकेर स्वरोजगार हुने महिलाहरुको चाहनामा जनप्रतिनिधिहरु पनि सकारात्मक देखिएका छन् । महिलाहरुलाई स्वरोजगार हुनको लागि वडाबाट समेत आर्थिक सहयोग दिने योजना ल्याउने शहीदनगर नगरपालिका–१ का वडाध्यक्ष तेजीलाल यादवले बताए । आगामी बजेटमा महिलाहरुलाई आत्मनिर्भर बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे । महिलाहरु आत्मनिर्भर हुन खोज्नु समाजिक रुपमा सकारात्मक पक्ष रहेको वडाध्यक्ष यादवको तर्क छ । गृहणी महिला सहभागी भएर सीप हासिल गरेको वडाध्यक्ष यादवले बताए । उनले गृहिणी महिलाको लागि तालिम फलदायी भएको बताउँदै सीपलाई व्यवहारमा कार्यान्वयनको लागि आफूले वडाबाट आवश्यक सहयोग र समन्वय गरिदिने बताए ।
महिलालाई बालबालिकाको हेरचाह गर्नुपर्ने, खाना पकाउने, लुगा धुनेजस्ता घरासयी कामबाटै फुर्सत निकाल्न मुश्किल हुने गरेको छ ।
यस्तो अवस्थामा सरकारी पक्षबाट केही राहत र परिवारबाट पनि उत्प्रेरणा दिनु आवश्यक देखिन्छ ।
सुन्दर र समृद्ध परिवारको परिकल्पना गर्दै महिलाहरु व्यवसायका लागि अग्रसर हुनु सकारात्मक रहेको शहीदनगर नगरपालिकाका शिक्षा संयोजक विश्वनाथ यादवले बताए ।