Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बालबालिका अभैm विद्यालय बाहिर


बालबालिका अभैm विद्यालय बाहिर

जनकपुरधाम । सडक, सञ्चारलगायत सुविधाका हिसाबले तुलनात्मक रूपमा अगाडि रहेको मधेश प्रदेशका धनुषासहित आठ जिल्लामा स्कूल जाने उमेरका बालबालिका अभैm विद्यालय बाहिर छन् ।

शिक्षा मन्त्रालयले गरेको सर्वेक्षणको नतिजा अनुसार मधेश प्रदेशका आठ जिल्लामा १ लाख ५० हजार भन्दा बढी बालबालिका विद्यालयभन्दा बाहिरै छन् । जसमध्ये बालिकाको संख्या बालकको तुलनामा धेरै छ । मुलुकका अरू ६ वटा प्रदेशसँग तुलना गर्दा पनि मधेश प्रदेश को यो तथ्याङ्क सबभन्दा धेरै हो ।

धनुषामा २७ हजार २९७ र पर्सामा २७ हजार १०५ बालबालिका विद्यालय बाहिर छन् । यो सूचीमा त्यसपछि क्रमशः बारा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरी जिल्ला आउँछन् । संविधानले शिक्षालाई ‘अनिवार्य’ र ‘निःशुल्क’ भनेको छ । तर सडक, सञ्चारलगायत सुविधाका हिसाबले तुलनात्मक रूपमा अगाडि रहेको मधेश प्रदेशका जिल्लाहरूमै धेरै बालबालिका विद्यालय बाहिर छन् ।

शिक्षा मन्त्रालयको आँकडाले भन्छ– मधेश प्रदेशमा विद्यालय जान वञ्चित बालबालिकाको संख्या केलाउँदा धनुषा र पर्सा क्रमशः पहिलो र दोस्रो नम्बरमा आउँछन् । धनुषा जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न, गरिब, दलित, पिछडा वर्गका बालबालिकालाई केही वर्ष यता विद्यालय भर्ना गराउन अभियान नै संचालन गरिएको छ । जिल्लाको १८ मध्ये चार पालिकामा नर्वेजियन दूताबासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत यस्ता विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान थालिएको हो । जस अनुसार धनुषाको सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाका अधिकांश बालबालिका अहिले विद्यालय भर्ना भएका छन् । विद्यालय भर्ना गराउनको लागि आसमान नेपालले विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । विद्यालय जान नमान्ने बालबालिकाको अभिभावकलाई सम्झाई बुझाई गर्नको लागि गाउँ गाउँमा ठूली दिदी परिचालन गरिएको छ । टोल टोलमा गठन गरिएको आमा समूहले पनि यो अभियानमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको आसमान नेपालका कार्यक्रम व्यवस्थापक सत्य कुमार महतोको तर्क छ । आमा समूहले आप्mनो घरपरिवारसहित छिमेकीमा रहेको बालबालिकालाई समेत विद्यालय भर्ना गराउन सहयोग गरेको महतोको भनाई छ । यो अभियानमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि, सरोकारबाला, युवा संजालहरु समेत सक्रिय रहेकोले चार पालिकाको प्रायः सबै बालबालिका विद्यालय भर्ना भइसकेको कार्यक्रम व्यवस्थापक महतोले बताए ।

विद्यालय भर्ना भइसकेका बालबालिकालाई विद्यालयमा टिकाउने चुनौती रहेको छ, उनले भने–यसको लागि ठूली दिदी र आमा समूहलाई सक्रिय पारिएको छ । विद्यालय नगएको बालबालिकाको घरमा पुगेर कारण पत्ता लगाएर पुनः विद्यालय पठाउने कार्य गरिएको हो । यसको लागि ठूली दिदी, आमा समूह लगायत जनप्रतिनिधि र पालिकाका शिक्षा शाखाका पदाधिकारी र कर्मचारीहरुलाई समेत समय समयमा अभिमुखिकरण तालिमको व्यवस्थापन गरिएको आसमान नेपालले बताए । परियोजना संचालन भएपछि धनुषामा विद्यालय बाहिर रहेको बालबालिकाको संख्या घट्दै गएको तर्क श्रीरामजानकी नमूना मावि कुशमाहा सतोषरका प्रधानाध्यापक महेश्वर प्रसाद यादवको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध