जनकपुरधाम । धनुषा प्रहरीले अवैध रुपमा बालुवा, गिट्टी उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सबैलााबाट गस्तीमा खटि गएको प्रहरी टोलीले गणेशमान चारनाथ नगरपालिका ९ बरमझियास्थित कमला खोलाबाट सवारीसाधन नियन्त्रणमा लिएको हो ।
मापदण्ड विपरित अवैध रूपमा बालु गिट्टी उतखन्न गरि रहेको अवस्थामा प्रदेश २–००१ त. ०३०५ र प्रदेश २–०२–००१ त.७९७ नं. को ट्याक्टरहरू नियनत्रणमा लिई आवश्यक कारवाहीको लागी गणेशमान चारनाथ नगरपालिकाको कार्यालय धनुषामा पठाइएको छ ।