जनकपुरधाम । बालबालिकाहरुको पढ्ने, बुझ्ने र उर्जाशील बन्ने उमेर बाल्यकाल हो । विद्यार्थी जीवन हो । विद्यार्थी जीवनलाई मानिसको महत्वपूर्ण समय मानिन्छ । विद्यार्थी जीवनको अध्ययनले मानिसको भविष्यको दिशा निर्देश गरेको हुन्छ । हुने विरुवाको चिल्लो पात भनेझैं सानैदेखि अभिभावकको उचित रेखदेख, माया, पे्ररणा, निर्देशन तथा सहयोग पाउन सकेका बालबालिकाहरु नेपोलियन बोनापार्टले भने जस्तै असल नागरिक हुन सक्दछन् । यस अर्थमा आप्mना छोराछोरीहरुको पढाइ लेखाईमा विशेष ध्यान दिने अभिभावकहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देशको विकासमा पनि भूमिका खेलेको ठहर्छ ।
अभिभावकहरु जति बढि चेतनशील र व्यबहारिक हुन्छन् त्यति नै बालबच्चाहरु आत्म निर्भरता र व्यवहारिक ज्ञान आर्जन गर्न सक्षम हुन्छन् । अभिभावकमा जति इमान्दारिता, सामाजिक भावना, व्यबहारिक ज्ञान, उदार व्यवहार, परोपकारी आचरण हुन्छ त्यति नै बालबालिकाहरुले पनि अभिभावकका कृयाकलापहरुलाई अवलोकन, देखासिखी र अनुसरण गरी ज्ञान आर्जन गर्दछन् र सोही अनुरुपको आचरण निर्माण गर्दछन् भन्ने बालमनोविदहरुको धारणा रहेको छ ।
अभिभावकले आफ्ना छोराछोरीहरुलाई खान, लगाउन र विद्यालयमा चाहिने कापि किताबहरुको व्यवस्था गरी दिएर मात्र पुग्दैन् । घरमा पढाई लेखाईको वातावरण सिर्जना गरीदिनुका साथै उनीहरुको दुःख सुखको साथी पनि बनिदिनु पर्ने बाल संरक्षणको क्षेत्रमा काम गर्दै आएका झम्केश्वर ओझाले बताए । समय समयमा उनीहरुसंग मनोविमर्श गर्नु पर्दछ । घर व्यवहारका मामिलाहरुमा पनि उनीहरुका विचार बुभ्mने गर्नाले उनीहरुमा पारिवारिक जिम्मेवारी बोध हुने गरेको तर्क ओझाको छ । व्यवहारिक ज्ञानको विकास हुन्छ । यसका साथै अहिलेका बालबालिकाहरुलाई युग सापेक्ष परिवर्तनसंग परिचित गराउँदै विकृतिहरुको निरोध गर्न सक्ने क्षमताको विकासमा अभिभावकहरुको भूमिका त्यत्तिकै आवश्यक रहेको महिला बालबालिका, युवा तथा खेलकूद मन्त्रालयकी महिला तथा बालबालिका महाशाखा प्रमुख देवमाया खत्रीले बताइन् ।
खत्रीका अनुसार अभिभावकहरुले छोराछोरीहरुलाई अधिकार र कर्तव्यबीचको सम्बन्ध राम्ररी बुझाउन सक्नु पर्दछ । बालबालिकाहरुले घर, परिवारको सदस्य भएकोमा गौरवको अनुभूति गर्न सक्ने वातावरणको सिर्जना गर्नु अभिभावकको दायित्व हो । उनीहरुमा खुसीमा नमात्ने र दुःखमा नआत्तिने बानीको विकास गराउनु पर्दछ ।
नर्वेजियन दूतावासको सहयोगमा आसमान नेपालले अभिभावकलाई बालमैत्री हुन धनुषाको चार पालिकामा निक शिक्षा दिअ परियोजना संचालन गरेको छ । यो परियोजना अन्तर्गत अभिभावक बनु शिक्षक कार्यक्रमले अभिभावकले बालबालिकालाई संस्कारसहित आधारभूत शिक्षा समेत दिने गरेका छन् ।
यसैगरी यो कार्यक्रम अन्तर्गत अभिभावकले आप्mना छोरा, छोरीहरुको साथी, संगत, आनीवानीको र चालचलनको बारेमा जानकारी समेत राख्ने गरेका छन् ।
अहिले एकातिर बालबालिकाहरुलाई विश्वव्यापी विज्ञान र प्रविधिको ज्ञान अति आवश्यक भइसकेको अवस्था छ भने अर्को तिर ईण्टरनेट, कम्प्युटर, मोवाइल लगायतका डिजीटल प्रयोगले उनीहरु एकोहोरो भएको, सामाजिक एवं व्यवहारिक बन्न नसकेको बालमनोविदहरुको बुझाई छ । साईवर अपराध, मादक पदार्थ सेवन, धुम्रपान जस्ता कुलतमा लाग्ने बालबालिकाहरुकोे संख्यामा पनि बृद्घि भई रहेको तथ्याङ्घ छ । यी र यस्ता कुलतहरुबाट जोगाउन र उचीत मार्ग निर्देश गर्ने प्राथमिक दायित्व अभिभावकको हो ।
धनुषाको सबैला, नगराईन, गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा यो परियोजना संचालनमा रहेको छ । यो परियोजनाले
बालबालिकाको सकारात्मक सूचना र सन्देश प्रवाहको मूल स्रोत अभिभावक भएकोले उनीहरुको समृद्घीका लागि नेतृत्वदायी भूमिकाका लागि आवश्यक पहल समेत गरेकोछ । विद्यमान सामाजिक अन्धविश्वास, कुरिती, कुसंस्कार, र्दुव्यशन तथा कुलत र यसका परिणामका बारेमा पनि छोराछोरीहरुसंग कुराकानी, छलफल, विचार आदान प्रदान गर्न समय निकाल्नु पर्दछ । साथै आ–आफ्ना छोराछोरीहरुलाई कुलत र कुसंस्कारबाट जोगाई सभ्य नागरिक बनाउने गहन भूमिका अभिभावकको हो । त्यसैले बालबालिकाहरुको शिक्षा दिक्षा, प्रेरणा, मार्गनिर्देश एवं आचरण निर्माणमा अभिभाकहरुको ठूलो भूमिका हुन्छ ।