Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

नगराइन नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी


नगराइन नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकाका कर्मचारीहरुले तलबभत्ताको माग गर्दै आइतबारदेखि नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

गएको पाँच महिनादेखि तलबभत्ता नदिएपछि नगरपालिकामा कार्यरत्त सरकारी कर्मचारीहरु कार्यालयमा तालाबन्दी गरेर आन्दोलित भएका हुन् । नगराइन नगरपालिकामा मेयर र उपमेयर बीचको विवादका कारण कर्मचारीहरुले गएको साउन महिनादेखि तलब भत्ता पाउन सकेको छैन् । नगराइन नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित मेयरसित बहुमत नहुँदा उपमेयरमा निर्भर छन् ।

उपमेयरले राखेको शर्त मेयरले मान्न तयार नहुँदा दुवै जना बीच टसल छ । मेयर र उपमेयर बीचको विवाद समाधान गर्न जिल्ला समन्वय समितिले गरेको पहलकदमी पनि विफल भएको थियो । दुवै जना आ आप्mनो अडानमा कायम रहँदा नगरपालिकामा कार्यरत्त सरकारी कर्मचारी, शिक्षकहरुले दशै, तिहारमा पनि तलबभत्ता खान सकेको थिएन् । छठ पर्वपछि चुनावी चहलपहल बढेपछि कर्मचारीहरु मौन बसेका थिए । चुनाव सम्पन्न भएलगत्तै कर्मचारीहरु नगरपालिकामा तालाबन्दी गरेर आन्दोलित भएका छन् । नगरपालिकाले दैनिक प्रवाह गर्ने सेवाहरु समेत ठप्प पारेर कर्मचारीहरु आइतबार दिन भर धर्ना बसेका छन् । उनीहरुको मागप्रति मेयर र उपमेयर बीच कुनै तालमेल देखिएको छैन् । मेयर र उपमेयर बीचको विवादले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता, मलखाद, बिउ लगायतको सामग्री समेत नगरपालिकाले वितरण गर्न सकेको छैन् ।

कर्मचारीहरूको आन्दोलनप्रति लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल, नगराइन नगर समितिले ऐक्यबद्धता जनाएको छ ।

लोसपा नेता राजु चौधरीले भने, ‘जनताहरू पहिला देखि नै समस्यामा छन् । बृद्धभत्ता नपाएको थुप्रै महिना भयो, किसानहरूले मलखाद्य नपाएको पनि थुप्रै महिना बित्यो, कित्ताकाट रोक्का गरिएकोले धेरै जनाले समस्या भोगिरहेका छन् । सेवाग्राहीहरू सेवाबाट वञ्चित भएका छन् । त्यसको निकासका लागि लोसपा नेपालले विभिन्न चरणमा दबाबमूलक कार्यक्रमहरू गर्दै आइरहेकोले यस आन्दोलनलाई नैतिक समर्थन गर्नु हाम्रो कर्तव्य पनि हो ।’ धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पनि कर्मचारीहरुले आन्दोलनमा जाने निर्णय गरेपछि मेयर, उपमेयरसहित वडाध्यक्षहरु १५ दिन भित्र तलब भत्ता उपलब्ध गराउने निर्णय गरेका हुन् । क्षीरेश्वरनाथ नगरपालिकामा मेयर एमालेले जितेको छ भने उपमेयरसहित बहुमत सदस्य नेपाली कांग्रेसले जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध