Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

कांग्रेसका चार सहमहामन्त्री पराजित


कांग्रेसका चार सहमहामन्त्री पराजित

जनकपुरधाम । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६४ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्पm १६५ क्षेत्र रहेको छ । योपटकको निर्वाचनमा कांग्रेसका आठमध्ये ६ सहमहामन्त्री प्रत्यक्षतर्फ मैदानमा उत्रिएका थिए । तीमध्ये चार जना पराजयको सामना गर्दा दुई जना सफल भए ।

सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले ३१ हजार ७८६ मत प्राप्त गरे । त्यहाँ दोस्रो स्थानमा रहेका एमालेका कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याए ।

अर्का सहमहामन्त्री किशोरसिंह राठोरले बाँके क्षेत्र नम्बर–३ बाट चुनाव जिते । राठोरले २९ हजार ९७ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार ३०५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

धनुषा क्षेत्र नम्बर–४ बाट सहमहामन्त्री महेन्द्र यादवले एमाले नेता रघुवीर महासेठसँग पराजय भोगे । चुनाव जितेका महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यादवले ३२ हजार ११२ मत ल्याए ।

सहमहामन्त्रीहरूमध्ये पाँचथरबाट उम्मेदवार बनेका भीष्मराज आङदेम्बेले चुनाव गरे । उनी एमालेका नेता तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङसँग पराजित भए । नेम्वाङ ३२ हजार १३५ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका आङदेम्बेले ३२ हजार ८९ मत प्राप्त गरे ।

अर्का सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि पराजित भइन् । उनी मकवानपुर क्षेत्र नम्बर–१ बाट हारेकी हुन् । त्यहाँबाट निर्वाचित राप्रपाका दीपकबहादुर सिंहले २७ हजार ८१६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी डिनाले २५ हजार ४२३ मत ल्याइन् ।

अर्का सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर–१ बाट पराजित भए । त्यहाँबाट निर्वाचित एमालेका अच्युतप्रसाद मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्दा चौधरीले ३० हजार ५६ मत ल्याए ।

कांग्रेसले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग वाम–लोकतान्त्रिक गठबन्धन गरेर चुनाव लडेको थियो । गठबन्धनका बाबजुद गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले रुपन्देही–३, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापा–३, अर्का चर्चित नेता बलबहादुर केसीले सोलुखुम्बुबाट चुनाव हारे ।

यो निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ९१ क्षेत्रमा उमेदवार उठाएको थियो । तीमध्ये कांग्रेस उमेदवारले ५७ क्षेत्रमा जित हासिल गरेका छन् । कांग्रेसका ११ पदाधिकारी प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका थिए । १३ पदाधिकारीमध्ये सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुरको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा छ ।

प्रत्यक्ष निर्वाचन लडेका कांग्रेसका ११ मध्ये सात पदाधिकारी निर्वाचित भएका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेलुधराबाट निर्वाचित भए ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि आ–आफ्नो निर्वाचन क्षेत्रबाट विजयी भए ।

महामन्त्री गगन थापाले तेस्रोपटक प्रत्यक्ष चुनाव जित्दा तेस्रो प्रयासमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भए ।

सहमहामन्त्रीहरूमध्ये बद्रीप्रसाद पाण्डे र किशोरसिंह राठोर मात्र विजयी भए । महामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव पराजित भए । बहालवाला मन्त्री समेत रहेका सहमहामन्त्री उमाकान्त चौधरी पनि सफल भएनन् ।

सभापति देउवा डडेलधुराबाट सातौँपटक निर्वाचित भए । उनले २५ हजार ५३४ मत पाए । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

उपसभापति खड्का सुर्खेत क्षेत्र नम्बर–१ बाट निर्वाचित भए । खड्काले ४२ हजार ६०७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत ल्याए । खड्का ०७४ सालको निर्वाचनमा त्यहीँबाट पराजित भएका थिए ।

अर्का उपसभापति गुरुङले पहिलोपटक प्रत्यक्ष चुनाव लडेर संसद् प्रवेश गर्दै छन् । संविधानसभा सदस्य रहिसकेका उनले एमाले नेता एवं पूर्वमन्त्री पद्मा अर्याललाई पराजित गरे । गुरुङले ३१ हजार ४६६ मतका साथ विजयी भए । अर्यालले २५ हजार ८३९ मत पाइन् ।

चौथोपटक संसद्यात्रामा रहेका महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर–४ बाट निर्वाचन जिते । थापाले त्यहाँबाट तेस्रोपटक प्रत्यक्षतर्फ चुनाव जितेका हुन् । योपटक पनि उनले ०७४ कै प्रतिस्पर्धी अर्थात् नेकपा (एमाले)का उमेदवार राजन भट्टराईलाई पराजित गरे । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा भट्टराईले १३ हजार ८५५ मत ल्याए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा तेस्रो प्रयासमा झापा क्षेत्र नम्बर–१ बाट निर्वाचित भए । शर्माले त्यो क्षेत्रबाट ०७० सालदेखि चुनाव लडिरहेका छन् । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइराला र ०७४ को आम निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का सुरेन्द्र कार्की ‘राम’सँग पराजित भएका थिए । योपटक भने शर्मा सफल भए । उनले १४ हजार बढी मतान्तरले एमाले नेता तथा पूर्वकानुनमन्त्री अग्नि खरेललाई पराजित गरे । शर्माले ३९ हजार ६२४ मत पाए । खरेलले २५ हजार ३४९ मत ल्याए ।
घ

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध