Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

अर्जेन्टिना क्वाटरफाइनलमा


अर्जेन्टिना क्वाटरफाइनलमा

करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । टिमलाई अर्को चरणमा पुर्याउनका लागि मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे । उनीहरु आगामी शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल खेलका लागि तयारी गर्नेछन् ।अष्ट्रेलियाको रक्षात्मक रणनीतिले अर्जेन्टिनालाई पहिलो हाफमै समस्यामा पारेको थियो । तर, पीएसजीका स्ट्राइकर मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलोपल्ट गोल गर्ने क्रममा शानदार प्रहार गरे । कतारको अहमद विन अली रंगशालामा उपस्थित अर्जेन्टिनी समर्थकमा यो गोलको खुसी हेर्नलायक थियो ।

दक्षिण अमेरिकी टिमका विश्वभर रहेका समर्थकको खुसी दोब्बर बनाउँदै युवा स्ट्राइकर जुलियन अल्भारेजले गोल गरे । उनले अष्ट्रेलियन गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै ५७औं मिनेटमा पेनाल्टी एरियाबाट सहज गोल गरेका थिए ।अष्ट्रेलियाले निकै कम पोष्ट आक्रमण गरेको थियो । तर, खेलमा १३ मिनेटको समय बाँकी रहँदा आश्चर्यजनक रुपमा गोल गर्यो । क्रेग गुडविनको प्रहार एन्जो हर्नाण्डेजको शरीरमा डिफ्लेक्ट हुँदा अर्जेन्टिनी गोलरक्षक डेमाइन मार्टिनेजले अनुमानै गर्न सकेनन् ।

त्यसको केह मिनेटमै अजिज बेहिचले बराबरीको अवसर गुमाएका थिए । उनको एकल प्रयासलाई लिसान्द्रो मार्टिनेजले असफल पारेका थिए । खेलको अन्त्यतिर अर्जेन्टिनाका लउटारो मार्टिनेजले गोलको दुई उत्कृष्ट अवसर खेर फालेका थिए ।

विश्वकपको यो खेलसँगै लियोनल मेस्सीले आफ्नो करिअरमा आधिकारिक १ हजार खेल पूरा गरे । मेस्सीको यो करिअरको ७८९औं गोलसमेत हो ।

लगातार पाँचौं संस्करण फिफा विश्वकप खेलेका मेस्सीले विश्वकपमा गोलसंख्या ९ पुर्याएका छन् । जारी विश्वकपमा उनको यो तेस्रो गोल हो । मेस्सीले विश्वकपको नकआउट चरणमा गोल गरेको यो पहिलोपल्ट समेत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध