Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

डू एण्ड डाई को स्थितिमा काम गर्नुपर्ने


डू एण्ड डाई को स्थितिमा काम गर्नुपर्ने

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् ।

सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि धारणा राखे । शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने प्रतिवद्धता जनाए । राउतले राजनीतिक प्रवृत्तिका कारण जनतामा छाएको निराशालाई चिरेर अघि बढ्न सक्नुपर्ने बताए । उनले अहिलेको निर्वाचनमा जनतामा थोरै भएपनि आशा जगाउने काम गरेको दाबी गरे । नवनिर्वाचित राउतलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउदले चुनावमार्फत् जनताले परिवर्तनको मोहलाई मतमार्फत् व्यक्त गरेको बताए ।

‘राजनीतिक प्रवृत्तिका कारण जनतामा निराशा छाएको थियो । तर, अहिलेको चुनावले निराशालाई चिरेर आशा स्थापित गर्ने आधार तय गरेको छ,’ उनले भने, ‘सप्तरीका जनताले मलाई जिताएर राजनीतिमा आशा जगाउने काम गर्नुभएको छ । म भोलि देशप्रतिको प्रेम जगाउन सकुँ एउटा योग्य मान्छे, अमेरिका र युरोप छोडेर नेपाल फर्किएर जन्मभूमिको सेवा गर्छु भनेर हिम्मत गर्न सक्ने अवस्था बनाउन सकौँ, त्यो बेला तपाईहरूको मतको सदुपयोग भयो भनेर बुझ्नुहोला ।’

उनले आफु अब काम गर्ने ठाउँतिर जान लागेको भन्दै आफ्ना एजेण्डा र योजनाहरूमा सधैँ प्रतिवद्ध भएर अघि बढ्ने बताए । ‘हाम्रो पार्टी भर्खरै खुलेको हो, तर देशभर नै नयाँ लहर देखिएको छ, जनताले जनमत पार्टीलाई मत दिएर राष्ट्रिय पार्टी बनाएका छन्,’ उनले भने, ‘हामी आफ्ना एजेण्डामा अडिग रहनेछौँ । योजनाहरू प्रति प्रतिवद्ध रहनेछौँ ।’

उनले यो निर्वाचनपछि अब जनमत पार्टीको नयाँ यात्रा सुरू भएको बताए । राउतले सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यता, अध्यक्ष राउतले सत्ता गठबन्धनका नेतासित भेटघाटलाई पनि निरन्तरता दिएका छन् । उनले शनिबार नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवसित भेटघाट गरेका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री बालकृष्ण खाँड, कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिसित भेटघाट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध