Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बालबालिकालाई विद्यालयमा टिकाउन सामग्री


बालबालिकालाई विद्यालयमा टिकाउन सामग्री

जनकपुरधाम । शिक्षालाई बृहत र नतिजामूलक बनाउन नेपालले पछिल्ला वर्षमा शिक्षामा लगानी बढाएको छ भने रणनीतिक योजना बनाएको छ । यसका कारण विद्यालय भर्ना दर बढेको पनि छ । तर, केही विद्यार्थी विद्यालय भर्ना भए पनि पढाई पूरा गर्दैनन् र धेरै नेपाली बालबालिकाको लागि शिक्षा पहुँचबाहिर हुन जान्छ । विद्यालय भर्ना भएपनि केही दिनपछि अनियमित हुन्छ । जसका कारण भर्ना भएको मध्ये झण्डै पचास प्रतिशत बालबालिका ड्रपआउट विद्यालय बाहिरिने गरेको देखिन्छ । विद्यालय बाहिर रहेका बालबालिकालाई पनि नियमित विद्यालय पठाउनमा निक शिक्षा दिअ परियोजनाले सहयोग गरेको छ ।

धनुषाका गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा पनि प्रारम्भिक समयमा विद्यालय भर्ना भएर पुस्तक, छात्रवृत्ति, पोशाक लगायत शैक्षिक सामग्री लिएर जाने अनि नफर्किने । खास गरेर दलित समुदायको बालबालिकामा यस्तो समस्या बढी देखिएको सबैला–९स्थित श्रीरामजानकी नमूना माविका प्रधानाध्यापक महेश्वर प्रसाद यादवले बताए ।

अव भने यस्तो समस्या हदैसम्म समाधान भएको प्रअ यादवले स्वीकारे । शिक्षाको पहुँचबाट टाढा रहेका दलित, विपन्न वर्गको बालबालिकामा यस्तो समस्या बढि देखिएको उनको तर्क छ । तर, ती बालबालिकाहरुलाई पनि विद्यालयमा टिकाई राख्नको लागि विभिन्न कार्यक्रमहरु गरिदै आएको उनी सम्झिन्छन् । यसमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजनाले पनि सघाएको उनले स्वीकारे । आसमान नेपालले आर्थिक रुपमा धेरै सहयोग नगरेपनि नीतिगत रुपमा अगाडि बढ्न र विद्यालयको शैक्षिक अवस्था सुधार्न घचघचाउँदा शिक्षक, प्रअहरुलाई सहज भएको उनको भनाई छ ।

विद्यालयलाई बेला बेलामा आसमान नेपालले विभिन्न सामग्रीसहित मासिक बैठकहरु गर्न समेत ताकेता गर्दा प्रअलाई काम गर्न, राम्रो गर्नको लागि बाध्य बनाएको छ, उनले भने–यो राम्रो पक्ष हो । यसले प्रअलाई नेतृत्व लिएर अघि बढ्न सहयोग पुगेको छ ।

हाम्रो विद्यालयमा अहिले मुसहर समुदायका बालबालिका भर्ना भएका छन्, उनले भने–उनीहरुलाई विद्यालयमा नियमित गर्न ती संस्थाका कर्मचारीहरु लागिपरेका छन् ।

नर्वेजियन दूतावासको सहयोगमा आसमान नेपालले धनुषाको सबैलासहित चार पालिकामा निक शिक्षा दिअ परियोजना संचालन गरेको छ । जस अन्तर्गत सबै बालबालिकालाई विद्यालय भर्ना गराउने, विद्यालयमा शैक्षिक वातावरण कायम गर्ने, विद्यालयको व्यवस्थापन पक्ष सब्बल बनाउने जस्ता क्रियाकलापहरु गरिएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक सत्य महतोले बताए ।

नेपालमा प्राथमिक शिक्षा निःशुल्क रहेपनि गरिब, विपन्न, दलित समुदायका बालबालिका अभैm विद्यालय बाहिर रहेको तथ्यांकहरुले देखाउँछ ।

साक्षरतामा पुछारबाट कर्णाली प्रदेशबाट मात्रै अगाडि रहेको मधेश प्रदेशमा गरिब, दलित, विपन्न वर्गको बालबालिकालाई विद्यालय भर्ना गराएर नियमित पार्न सके मात्र साक्षरता दर वृद्धि हुने कार्यक्रम प्रबन्धक महतोको तर्क छ । यसको लागि आसमान नेपालले परियोजना संचालन भएको पालिकाहरुमा कुनै बालबालिका शिक्षाको प्रकाशबाट बञ्चित नहोस् भन्ने अभिप्रायले ठूली दिदी, आमा समूहहरु गठन गरेर बालबालिकालाई विद्यालय भर्ना गराउँदै आएको बताए । परियोजना लागू भएको पालिकाहरुका बालबालिका अहिले विद्यालय भर्ना भइसकेको उनले दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध