Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बालमैत्री विद्यालयमा बालबालिका आकर्षित


बालमैत्री विद्यालयमा बालबालिका आकर्षित

जनकपुरधाम । मधेशमा कतिपय बालबालिका विद्यालय जान आनाकानी गरेका हुन्छन् । उनीहरूलाई स्कुलसम्म पु¥याउन र त्यहाँ टिकाइराख्न अभिभावकले ठूलै संघर्ष गर्नुपर्छ । धनुषाको सबैला वडा नं ९ र आसपासका बालबालिका भने विद्यालय जान निकै खुसी हुन्छन् । उनीहरू बिहान उठेदेखि नै स्कुल जाने हतारमा देखिन्छन्, करकापमा परेर होइन, रमाएर ।

विद्यालयमा बालमैत्री वातावरण भएपछि बालबालिकाहरू पढ्न पाएकोमा खुसी मात्र हुँदैनन्, धेरैजसो समय स्कुलमै बिताउन रुचाउँछन् ।

सबैला नगरपालिका वडा नं १३ किरतपुरकी सन्ध्या ठाकुर बालविकासकी छात्रा हुन् । उनी विद्यालय जान आफ्ना हजुरआमा फुलकुमारी देवी बरहीलाई छिटो तयार हुन आग्रह गर्छिन् । फुलकुमारी भन्छिन् ‘नातिनी बिहानै आफ्नी आमासँगै उठेर विद्यालय जानका लागि तयार पारिदेऊ भन्छिन् । मलाई पनि छिटो जाउँ हजुरआमा भन्दै कर गर्छिन् । स्कुलमा त टीभी हेर्न पाइन्छ,खेल्न पाइन्छ भनेर खुसी हुन्छिन् ।’

सन्ध्याजस्तै सबैला नगरपालिका वडा नं १३ किरतपुरकी निभा कुमारी मुखिया पनि विद्यालय जान सधैं आतुर देखिन्छन् । निभाकी आमा नगिना देवी मुखिया भन्छिन् ‘मेरो नातिनी विद्यालयमा छिटो जाऔं, सरले खेल खेलाउनुहुन्छ भन्दै रमाउने गरेको छ । नातिनी रमाएपछि म पनि उसका लागि टिफिन तयार पारेर छिटै विद्यालयमा पु¥याउने गर्छु ।’ निभा कक्षा १ मा पढ्छिन् । विद्यालयले निभासहित सबै बालबालिकालाई पोशाक, टाइ, बेल्ट समेत उपलब्ध गराएको छ । जसले गर्दा बालबालिकामा नीजि विद्यालयले दिएको सुविधाको कमी समेत महशुस भएको छैन् ।

सबैला नगरपालिकामा नर्वेजियन दूतावासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत बालबालिकाको लागि विद्यालयमै खेलकूद सामग्रीहरुको व्यवस्थापन गरेको छ ।

विद्यालयले स्थानीय सरकारको सहयोगमा दिवाखाजा समेत व्यवस्थापन हुँदा बालबालिकाहरु विद्यालयमा आकर्षित भएको श्रीआधारभूत विद्यालय ढोलबजा किरतपुरका प्रधानाध्यापक पवन कुमार महतोले बताए ।

सन्ध्या, निभा लगायतका बालबालिकाहरु विद्यालय कोठाको भित्तामा झुन्ड्याएर राखेका चित्रहरूको बारेमा सोध्ने गर्छिन् । निभाकी हजुरआमा नगिना देवी विद्यालयमा पुग्ने बेला हजुरआमा ऊ भित्तामा झुन्ड्याएको हाम्रो देशको नक्सा हो है भनेर देखाउँछिन् ।

जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको ती आधारभूत विद्यालयमा पढ्ने बालबालिकाहरू निकै मनोरम वातावरणमा पढिरहेका पाइन्छन् । यो विद्यालय जिल्लाका सामुदायिक विद्यालयमध्येको नमुना विद्यालय बन्दै गएको प्रअ महतो सुनाउँछन् । यो विद्यालयलाई नमूना बनाउन आसमान नेपालको सहयोगलाई बिर्सिन सक्दिन् । अस्तव्यस्त देखिएको विद्यालयको व्यवस्थापन पक्षलाई व्यवस्थित र प्रक्रियामा ल्याउन सहयोग पुर्याएको प्रअ महतोले सम्झे । बालबालिकालाई विद्यालय आउन र पढनमा कुनै प्रकारको समस्या नहोस् भने अभिप्रायले ती संस्थाले समय समयमा सामग्रीहरु समेत सहयोग गर्दै आएको प्रअ महतोले सुनाए ।

प्राथमिक तहका बालबालिकाहरूलाई यो विद्यालयमा बालमैत्री कक्षाको अवधारणामा पढाउने गरिन्छ । विद्यालयका प्रधानाध्यापक महतो भन्छन् ‘बालबालिकाको जग भनेको प्राथमिक शिक्षा हो । प्राथमिक शिक्षालाई हामीले सकेसम्म व्यावहारिक र बालमैत्री बनाउने प्रयास गरेका छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध