Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

विवाहपंचमी महोत्सवमा आज बैबाहिक कार्यक्रम


विवाहपंचमी महोत्सवमा आज बैबाहिक कार्यक्रम

जनकपुरधाम । भगवान श्रीराम र सीता बीच बैबाहिक कार्यक्रम गरेर सोमबार (आज) सीताराम विवाह पञ्चमी महोत्सव मनाईदै छ ।

सोमबार दिउँसो रंगभूमि बारहविग्हा मैदानमा भगवान श्रीराम र सीताबीच स्वयम्बर कार्यक्रम सम्पन्न भएपछि साँझ मिथिला परम्परा अनुसार बैबाहिक कार्यक्रम गरिने भएको छ । बैबाहिक कार्यक्रमको लागि जानकी मन्दिरलाई बेहुली भैm सिंगारिएको छ । बैबाहिक कार्यक्रम जानकी मन्दिर परिसरमा सम्पन्न हुनेछ । बैबाहिक कार्यक्रममा भगवान श्रीरामको अभिभावक अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्थ राम गिरी र सीताको अभिभावक अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव रहने गरेका छन् । सो अवसरमा धनुषाका अधिकारीसहित राजनीतिक दलका नेता, श्रद्धालुभक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

यसअघि आइतबार विवाहमहोत्सव अन्तर्गत मटकोर विधि गरिएको छ । जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको व्याण्ड र बाँजा गाँजासहित सुरक्षाकर्मीहरूको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गंगासागरमा माटो खनेर मटकोर विधि गरिएको छ ।

गंगासागरमा आयोजना गरिएको मटकोर विधिमा जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षु भिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको छ । मटकोर विधिमा दिउँसै सेभ हिस्टोरिकल जनकपुरधामद्वारा गंगा आरतीको आयोजना गरिएको छ ।

मटकोर विधिमा महिलाहरूले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू पनि गाएका थिए । मटकोर विधि हेर्नका लागि गंगासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो ।

मटकोर विधिमा उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने चलन रहेको छ ।

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत मंसिर १३ गते रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरीयातीहरुलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको छ । सोही दिन जन्तीहरूलाई बिदाइ गर्ने चलन रहेको छ ।

यता, सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एक शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा सोमबार प्रदेशभरि सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।

सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको भोलि मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध