Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सामाजिक रुपान्तरणमा आमा समूह


भनिन्छ ’एकतामा बल हुन्छ ।’ ’आँटेपछि नहुने के छ र ?’

हो । भौगोलिक रुपमा विकट मानिने धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा समूदायको पहलमा आशा लाग्दा परिवर्तनहरु देखिएका छन् । पालिकाको सेलार, मैनावत्ति, छोटकी दमार जस्ता गाउँहरुमा पनि समुदायको पहलमा विद्यालय चलेका छन् । वैंक र वित्तिय संस्थाहरु हुने त कुरै भएन, स्थानीयले वनपैदावरको प्रयोग गरी जीवन चलाएका छन् । सबैभन्दा महत्वपूर्ण कुरा त उनीहरु सामाजिक रुपान्तरणको पक्षमा सदरमुकाम वीरेन्द्र बजारका सचेत वर्गभन्दा दुईकदम अघि देखिएका सदरमुकाममा नै बस्ने वुद्धिजीविहरु बताउँछन् ।

सामाजिक रुपान्तरण भन्ने वित्तिकै समाज भित्रका सम्पूर्ण आयामहरुमा हुनुपर्ने सकारात्मक परिवर्तन भनेर बुभिएपनि विशेषगरी साँस्कृतिक,आर्थिक,सामाजिक सोँच र मूल्यमान्यताहरुमा समयानुकुल परिवर्तन भई जीवनयापनमा सहज हुनुका साथै विभिन्न खाले विभेदहरुको अन्त्य भएर समतामूलक समाज निर्माण हुनुलाई नै सामाजिक रुपान्तरण भनेर मान्न सकिने समाजशास्त्रीहरुको मत रहेको छ । सामाजिक रुपान्तरणमा गणेशमान चारनाथ–५ मा गठित सिमृक आमा समूहमा आवद्ध महिलाहरुले समाजिक रुपान्तरणमा अघि बढेकी छन् ।

समाजशास्त्रीहरुको यो मतलाई मान्ने हो भने वहाना नवनाइकन समाज र समाजका सचेत वर्ग अनि समुदायहरुले चाहे भने सामाजिक रुपान्तरण सम्भव भएको बुद्धिजीविहरुको भनाइ रहेको छ । राजनीति केन्द्रमा नै केन्द्रित भइरहेको अवस्थामा नागरिक समाज र स्थानीय समुदाय सचेत भएर हस्तक्षेपकारी भूमिका निर्वाह गरी सामाजिक विकासका कार्यहरु गर्ने र ती कार्यलाई वैद्यता दिलाउन नेतृत्व पंक्तिलाई दवाव दिन सक्ने हो भने सामाजिक रुपान्तरण हुनका लागि अनुकुल राजनीतिक अवस्थालाई मात्र कुरिरहनु नपर्ने जनकपुरका प्रध्यापक ,समाजशास्त्री, नागरिक समाजका अगुवाहरुको भनाइ रहेको छ ।

नर्वेजियन दूताबासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत गणेशमान चारनाथ नगरपालिकाका वडाहरुमा आमा समूह गठन गरिएको छ । ती मध्ये सिमृक आमा समूह यतिखेर सामाजिक रुपान्तरणको अगुवाई गरेको हो ।

उनीहरुले सडक, पुल, बिजुली र खानेपानीमा सहज पहुँचलाई मात्रै विकास मान्दिनन् । उनीहरुले शिक्षा र स्वास्थ्यमा पनि नागरिकको सहज पहुँच हुनुपर्ने वकालत गर्न पछि पर्दैनन् । गहकिला र रचनात्मक तर्कले पुरुषहरु पनि ढुक्क हुने गरेको सिमृक आमा समूहकी अध्यक्ष पंचु लामा बताउँछिन् ।

मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडीका अनुसार समाजमा रहेका व्यक्तिहरुले गर्ने क्रियाकलाप,मूल्यमान्यता र रीतिस्थितिमा समयानुकुल सकारात्मक परिवर्तन भएपछि राज्यले त्यसलाई वैद्यता दियो भने मात्र सामाजिक रुपान्तरण भएको मानिन्छ । यसका साथै मानवीय व्यवहारमा समेत परिवर्तन हुन आवश्यक रहेको बताउँदै कापडीले भने, ’वर्तमान अवस्थामा राजनीतिले समाजलाई विभाजन गरेको हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामुहिक हितका लागि सोच्ने वर्ग समाजमा भयो भने जस्तोसुकै राजनीतिक अवस्थामा पनि सामाजिक रुपान्तरण सम्भव छ ।’

राजनीतिक रुपान्तरण मञ्चवाट घोषणा गरेकै भरमा सम्भव हुने तर सामाजिक रुपान्तरण मान्छेको जीवनशैलीसंग सम्वद्ध भएको हुँदा राजनीतिक घोषणाले मात्र सम्भव नहुने बताउँदै कापडीले भने, ’समाजका सचेत व्यक्तिहरुले चाहे भने राजनीति जतातिर मोडिएपनि सामाजिक रुपान्तरण गर्न सकिन्छ, किनभने समाज बनाउने काम समुदायको हो,राजनीतिले त्यसलाई अनुमोदन गरिदिने मात्र हो ।’ तर नागरिक समाजको यसमा महत्वपूर्ण भूमिका रहने बताउँदै उनले राजनीतिलाई सहि ट्रयाकमा ल्याउने शक्ति भनेकै नागरिक समाज हो तर अहिलेको अवस्थामा नागरिक समाज पनि यो भूमिका निर्वाह गर्नवाट चुकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध