Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

निर्वाचन अधिकृतमाथि कारबाहीको माग गर्दै प्रदर्शन


निर्वाचन अधिकृतमाथि कारबाहीको माग गर्दै प्रदर्शन

जनकपुरधाम । धनुषा–२ को मतगणनामा धाँधली भएको आरोप लगाउँदै नेकपा एमालेले शनिबार जनकपुरमा प्रदर्शन गरेको छ ।

धनुषा–२ का निर्वाचन अधिकृत धर्मअवतार कोइरालामाथि कारबाहीको माग गर्दै नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

एमाले उम्मेदवार अरगरिया र उनका समर्थकहरूले जनकपुरधाममा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले निर्वाचन अधिकृत कोइरालालाई कारबाही गर, अर्को बाकसमा खसेको सदर मत गणना गर, आयोगको निर्देशिका बमोजिम मत गणना गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाएका छन् ।

उम्मेदवार अरगरियाले प्रदेशसभाको बाकसमा खसेको करिब ४ सय सदर मत गणना नगरी परिणाम घोषणा गरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘५ मतले म अगाडी थिए । तर आधा घण्टामै १६ वटा वडाको मतगणना सकाएर हतार हतार परिणाम घोषणा गर्ने काम मुख्य निर्वाचन अधिकृतले गरे । म विरुद्ध ठूलो षड्यन्त्र भयो । यस विरूद्ध म सडकसँगै कानूनी लडाई लड्छु ।’

जनताको मत आफू निर्वाचन भएको उल्लेख गर्दै उनले सर्टिफिकेट दिँदैमा कोही सांसद नहुने बताए ।

उनले निष्पक्ष तरिकाले पुनः मतगणना गर्न पनि माग गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत कोइरालाले कुन मतदान केन्द्रमा कति मत खसेको र कति मत गणना भएको सूचना पनि दिन नमानेको उम्मेदवार अरगरियाको गुनासो छ । शुक्रबार बिहान सार्वजनिक गरिएको धनुषा–२ को अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव १५७ मतले विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध