Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

रामकृष्ण निर्वाचित, पुनः मतगणना गर्न अरगरियाको माग


जनकपुरधाम । धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत प्राप्त गरेका छन् भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत ल्याएका हुन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत प्राप्त गरे ।

जनता समाजवादी पार्टी (जसपा)नेपालका गङ्गाराम यादवले १२ हजार नौ सय एक मत प्राप्त गरेका छन् भने जनमत पार्टीका जयनारायण साहले नौ हजार नौ सय ९२ मत प्राप्त गरेका हुन् ।

नवनिर्वाचित यादव विसं २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादवले नौ महिना कृषिमन्त्री रहेका बेला कृषिमा आधुनिकीकरण गर्न सिँचाइका लागि धनुषामा प्रत्येक किसानको खेतमा सानो सेलोट्युबेल जडान गराएका थिए । त्यस्तै किसानका लागि प्रधानमन्त्री कार्यक्रमअन्तर्गत धानजोन र मत्सय जोन कार्यक्रम ल्याएका थिए । २०७४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार उमाशंकर यादवसित उनी फराकिलो मतअन्तरले पराजित भएका थिए ।

यता, झिनो मतअन्तरले पराजयको सामना गरेका नेकपा एमालेका उम्मेदवार अरगरियाले मतगणनामा धांधली भएको आरोप लगाएका छन् । निर्वाचन अधिकृतको कार्यालय र प्रशासनले नेपाली कांग्रेसलाई जिताएको आरोप लगाएका हुन् । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर उनले निर्वाचनमा खटिएका अधिकृतसहित प्रशासनमाथि कारबाहीको माग समेत गरेका हुन् । उनले आपूmलाई जनताले मत दिएपनि प्रशासनले पराजित गरेको भन्दै पुनः मतगणनाको माग समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध