जनकपुरधाम । महोत्तरी क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता शरत सिंह भण्डारी पुनः विजयी भएका छन् ।
भण्डारी १४ हजार ७० मतअन्तरले आफ्ना निकटतमप्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. विजय सिंहलाई पराजित गरेका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २५ हजार १९० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सिंहले ११ हजार १२० मत पाएका छन् । तेस्रो नम्बरमा एमालेका उम्मेदवार डा।. रामपरीक्षण यादवले १० हजार २५७ मत ल्याए ।
भण्डारी यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट भारी मतअन्तरले विजयी भएका थिए ।