Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बहिनीलाई दिदीले देखाएको बाटो


बहिनीलाई दिदीले देखाएको बाटो

जनकपुरधाम । बुवाआमाले ध्यान नदिदा एक वर्ष पढेर विद्यालय जान छाडेकी थिइन् । छिकेकीका बालबालिका विद्यालय जाने नगरेको प्रभाव उनीमा पनि देखिन्थ्यो । न पढ्ने जाँगर चल्थ्यो, न त पढ्नुपर्छ भन्ने सोच नै थियो । अभिभावकले चासो नराखेपछि उनी आधारभूत तहमै पढाइ छोडेर घर बसेकी थिइन् ।
‘पढेर के हुन्छ र ? अनि अफ्ठेरो पर्दा कसले सहयोग गर्छ र पढ्नु ?’ कुनैवेला धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ की जमिला खातुनले यस्तै सोच्थिन् । ‘स्कुल जान मनै लाग्थेन, पढ्न जाँगर पनि आउँथेन’ उनी भन्छिन्, ‘छिमेकीको कोही पनि पढ्न जादैन, म नि किन जाने ?
केहि दिन पढेर विद्यालय छाडेकी उनलाई प्रोत्साहित गर्ने भने कोही थिएन् । भाग्यवस आसमान नेपालमा कार्यरत्त ठूली दिदीले उनी विद्यालय जाने नगरेको सुइको पाइन् । ठूली दिदीले उनलाई पुनः विद्यालय भर्ना गराउने प्रेरित गरिन् । ‘राम्रोभन्दा नराम्रो काममा ध्यान जान्थ्यो, पढेर के हुन्छ भन्ने सोच्थेँ’ उनी भन्छिन्, तर, ठूली दिदीले सम्झाइबुझाइ गरेपछि पढनुपर्छ भने लागेको छ ।

नर्वेजियन दूताबासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत खटिएकी ठूली दिदीहरुले टोल परोसमा विद्यालय जाने नगरेका बालबालिकालाई विद्यालय भर्ना गराउने अभियानमा जुटेकी छिन् । लक्ष्मीनियाँ–३ की ठूली दिदी बेबी साहले गएको दुई वर्ष कम्तीमा २० जना बालबालिका, किशोरकिशोरीहरुलाई विद्यालय भर्ना गराएकी अनुभव संगालेकी हुन् ।

उनकै कारण जमिला अहिले लक्ष्मीनियाँ–४ सपहीस्थित बीपी कोइराला माविमा अध्ययनरत्त छिन् । १० वर्षीया जमिला बीपी कोइराला माविमा कक्षा ५ मा अध्ययनरत्त छिन् ।

‘ठूली दिदीले पढाइमा प्रेरणा दिनुभयो’ उनी भन्छिन्, ‘दिदीहरुकै सहयोगका कारण पढ्ने वातावरण पाएँ र बाख्रा चराउनु परेन् । अध्ययन पुरा गरेर जीवनमा केही बन्ने दृढसंकल्ज जमिलाले लिएकी हुन् । हुनतः मुस्लिम समुदायमा मुलधारको शिक्षाबाट अधिकांश बालबालिका टाढै रह्ने गरेका छन् । जसका कारण उनीहरु राज्य हाँक्ने नेतृत्व तहसम्म पुग्ने सम्भावना थोरै छ । तर, जमिला भने मुलधारका शिक्षा हासिल गरेर भविष्यमा योग्य र सक्षम नागरिक बन्ने सोच बनाएकी छन् । केही दिनको विद्यालय पढाईपछि झण्डै दुई वर्ष घर बसेकी उनी अहिले नयाँ जाँगरका साथ आप्mनो भविष्य सज्जाउन केन्द्रीत छिन् । उनलाई मार्गदर्शन गर्न आसमान नेपालका ठूली दिदीको भूमिका महत्वपूर्ण छ । उनी विद्यालय जान नमानेपछि उनका अभिभावकलाई प्रेरित गरेपछि मात्र जमिलालाई पुनः विद्यालय भर्ना गराएको अनुभव ठूली दिदी बेबी साहको छ ।

‘पहिले म गाउँमा बोल्न डराउँथे, समस्या पर्दा पनि अरुलाई भन्न सक्थिन्’ उनी भन्छिन्, ‘दिदीको सहयोगका कारण पुनः विद्यालल जान मौका पायौ ।’

त्यस्तै लक्ष्मीनियाँ– ३ कै राधा दास ठूली दिदीकै सहयोगमा अहिले बीपी कोइराला मावि सपहीमा पढ्छिन् ।

‘पढाइको महत्व बुझेकै थिइँन्, दैनिक विद्यालय जान पाउँथिन’ उनले भनिन्,–अहिले उनी विद्यालयमा नियमित छिन् ।

‘उबेला पढाइभन्दा घरायसी काम नै ठूलो लाग्थ्यो ।’ ठूली दिदीको साथ नपाए पढाइले निरन्तरता नपाउने उनको तर्क छ । ‘बुवाआमाले छोरीलाई पढाउनैपर्छ भन्ने बुझ्नु भएकै थिएन, सधै घरधन्दा सघाउनु पथ्र्याे नियमित स्कुल जान पाउँथिन’ उनले थपिन्, ‘ठूलदिदीका कारण पढाइको महत्व बुझेँ ।’ शिक्षाको महत्व र व्यक्तित्व विकास सम्बन्धी ज्ञानहरु पाएको उनले बताइन् । पढाईको महत्व बुझेकै कारण जीवनलाई सही गन्तव्यमा डोहो¥याई रहेको उनको तर्क छ ।
जमिला र राधा मात्रै होइनन् । निक शिक्षा दिअ परियोजनाले ती वडाका मात्रै झण्डै २५ जना बालबालिकालाई पढाइमा सहयोग पु¥याएको छ ।

जसकाकारण ती बालबालिकाहरुको पढाइलाई निरन्तरता दिने र सही गन्तव्यमा पु¥याउन सहयोग मिलेको छ । करिव ३ वर्षअघिदेखि लागु भएको परियोजनाले लक्ष्मीनियाँका अधिकांश बालबालिकालाई पठनपाठनमा सहयोग पु¥याएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक सत्य महतोले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध