Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

धनुषा–४ मा एमाले कार्यकर्ता अराजक


धनुषा–४ मा एमाले कार्यकर्ता अराजक

पाँच वर्षको हिसाब माग्दा मतदातालाई हातपात र र्दुव्यवहार

जनकपुरधाम । धनुषा–४ मा एमाले कार्यकर्ता अराजक बनेका छन् । विगत पाँच वर्षको कामकाजबारे प्रश्न गर्दा एमाले कार्यकर्ताले धनुषा–४ को क्षीरेश्वरनाथ नगरपालिकामा मतदातालाई हातपात गरेका छन् । पाँच वर्ष अघि २०७४ सालको निर्वाचन जितेका एमाले उम्मेदवार रघुवीर महासेठले पाँच वर्षमा गरेको कामकाजबारे सोध्दा उनका कार्यकर्ताले मतदातालाई हातपात गरेका हुन् ।

एमालेको घरदैलो कार्यक्रमको क्रममा क्षीरेश्वरनाथ नगरपालिकामा एक मतदातामाथि हातपात र अभद्र व्यवहार भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने विशेश्वर महतोले आफूमाथि एमाले नेता कार्यकर्ताले हातपात गरेको आरोप लगाएका हुन् ।

एमालेका स्थानीय नेता कार्यकर्ता महेन्द्र यादव, पूर्व वडाध्यक्ष रामकिसुन यादव, ललित साह सहितका कार्यकर्ता घरमै आएर मंगलबार साँझ हातपात तथा अभद्र व्यबहार गरेको उनको आरोप छ ।

मंगलबार अपराहन्न एमालेकी समानुपातिक उम्मेदवार समुदा खातुनसहितका महिलानेतृ तथा कार्यकर्ता सूर्य छापमा मतदान गर्न आग्रह गर्दै उनको घरमा पुगेका थिए ।

महतोका अनुसार आफ्नी श्रीमती कविताले जितेपछि नेताहरु पाँच वर्ष फर्केर आउँदैन, किन भोट दिने भन्दै आक्रोश पोखेकी थिइन् । सोही कुरालाई लिएर उनीहरुबीच भानाभान भएको थियो । महतोले श्रीमतीको पक्षमा बोलेपछि तत्कालै फोन गरेर एमाले कार्यकर्ता बोलाएर हातपात तथा अभद्र व्यबहार गरेको बताए ।

‘मत माग्न आएका नेतामाथि असन्तुष्ति गुनासो पनि गर्न नपाउने । मेरो श्रीमती र मेरो कुनै गल्ती छैन । उनीहरुले आफूलाई गाली गर्यो भनेर फोन गरी तुरन्तै कार्यकर्ता बोलाएर ममाथि हातपात गरे । धम्काए । यो कहाँको न्याय हो । गुनासो पनि गर्न नपाउने ?’ महतोले भने ।

हातपातको भिडियो समेत डिलिट गराएको महतोको गुनासो छ । उनले आफूमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीले एमाले कार्यकर्ताको यो तरिका ठीक नभएको भन्दै विरोध गरेपछि उनीहरु फर्केका थिए ।

यता सोही घटनामा संलग्न भनिएका एमालेका स्थानीय नेता तथा पूर्व वडाध्यक्ष रामकिशुन यादवले गाली गरेपछि आफूहरु धकलेर घरभित्र मात्र पुर्याएको स्वीकारे ।

‘उनीहरुले मत माग्न गएका महिलालाई गाली गरेपछि हामी पुगेका थियौं । विशेश्वर उल्टै बढी बोल्न थालेपछि विवाद हुन्छ भनेर मात्र महेन्द्रजी र मैले धकेलेर घरभित्र पुर्याउन खोज्यौं । धक्काधुक्की मात्र भयो । कुटपिट गरेका हैनौं’ उनले भने । धनुषा–४ बाट महासेठ निर्वाचित भएपछि फर्केर नआएको आम मतदाताको गुनासो छ । उनी आगामी चुनावमा पनि एमालेबाट उम्मेदवार हुन् । उनले विगतमा गरेको कामकाजको मतदाताले हिसाब माग्दा उम्मेदवार महासेठका कार्यकर्ताले हातपात गर्न समेत पछि परेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध