Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सामाजिक रुपान्तरणमा आमा समूह


सामाजिक रुपान्तरणमा आमा समूह

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–८ अकौराका ३० देखि ५५ उमेर समूहका ‘आमा’ हरू केही वर्षअघिसम्म घरपरिवारमै सीमित थिए । समूह बनाएर अघि बढ्नुपर्छ भन्ने चेतले तीन वर्षअघि ‘जनचेतना आमा समूह’ गठन गरे ।

सामाजिक परिवारबाट उनीहरूले बचत र त्यसको सदुपयोग मात्र हैन, अहिले समाज सुधारकै नेतृत्व लिन थालेका छन् ।

‘जनचेतना आमा समूह’मा २५ जना महिला संगठित छन् ।

‘सामाजिक रुपान्तरणसँगै महिला अधिकार सम्बन्धी छलफलमा पनि भाग लिन थाल्यौं’ जनचेतना आमा समूहकी अध्यक्ष शारदा देवी पासवानले भनिन् ‘शिक्षाको उज्यालोबाट कोही बंचित नहोस् भने बालबालिकालाई विद्यालय पठाउनुपर्ने बारेमा बुझ्न थाल्यौं ।’ बिस्तारै बिस्तारै समाजमा आमाहरूको सक्रियता बढ्न थाल्यो । ‘आमाहरूले समाजमा आफ्नो भूमिका खोज्न थालेपछि पुरुषहरू चिढिन थाले,’ अध्यक्ष शारदादेवी पासवानले भनिन्, ‘तर हामी आफ्नो उद्देश्यमा अडिग रह्यौं र आमाहरूको बैठकमा पुरुषको थिचोमिचोमाथि छलफल चलाउन थाल्यौं ।’

उनका अनुसार नगराइन नगरपालिका–८ अकौरा गाउँका सबै बालबालिका अहिले विद्यालय जान थालेका छन् । दलित समुदायको बस्ती रहेको अकौराका बालबालिका विद्यालय जान मान्दैन्थ्यो, उनले भनिन–तर, आमा समूहले कम्मर कसेपछि सबै अहिले विद्यालय जान थालेका छन् ।

कहिल्यै विद्यालय नगएका किशोरीहरुलाई विद्यालय पठाउन सुरुमा भएको कठिनाई सुनाउँदै अध्यक्ष शारदादेवीले जे उपाय गरेपनि बालबालिका विद्यालय जान चाहदैन्थ्यो । पुरुषले पनि यसमा त्यति चासो नलिदा समस्या भएको थियो । अहिले भने बालबालिकालाई विद्यालय पठाउने कार्यमा पुरुषले पनि सहयोग गर्दा सहज बन्दै गएको उनले सुनाइन् ।

बालबालिका विद्यालय जान थालेपछि अहिले टोलमा अहिले सौहर्दपूर्ण वातावरण बन्दै गएको जनचेतना आमा समूहका उपाध्यक्ष ललिता देवी दासले बताइन् ।

आमा समूह सक्रिय हुँदा टोलमा सामान्य भैmझगडा घटेर गएको हो ।

साँझ परेपछि सधैंजसो जाड रक्सीसेवन गरी घरपरिवार र टोलमा झैझगडा हुने गरेकोमा उनीहरुले टोलमा मदिरा बन्द गर्नुपर्नेमा जोड दिए । यसले सामाजिक सद्भावमा खलल पुर्याउने काम गरेकोले यो बन्द हुनुपर्ने तर्क उपाध्यक्ष ललितादेवीको छ ।

निक शिक्षा दिअ परियोजनाले आपूmहरुलाई सामाजिक रुपमा एकआपसमा मिलेर अघि बढ्न सिकाएको उपाध्यक्ष ललितादेवी बताउँछन् ।

नर्वेजियन दूतावासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत नगराइन नगरपालिकाको ९ वटै वडामा आमा समूह गठन गरेको हो । आमा समूहले आप्mनो टोलमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउन सहयोग गरेको आसमान नेपालका पालिका संयोजक श्यामसुन्दर महतोले बताए ।

९ वटै वडालाई बालश्रम मुक्त घोषणा गरेर नगराइन नगरपालिकालाई बालश्रम मुक्त घोषणा गरिने अभियान लिएर अघि बढेको संयोजक महतोले बताए ।

सामाजिक परिवारले बालबालिकाको जन्मदर्ता बनाएर हरेकलाई विद्यालय पठाएको छ भने टोल विकासमा महिला अग्रसरता बढाएको छ । महिलाका लागि अस्पतालबाट पाइने निःशुल्क स्वास्थ्य परीक्षण सेवामा पनि उनीहरूले गतिविधि बढाएका छन् । ‘सुरुमा समुदायमा परिवर्तन ल्याउन समस्या हुँदो रहेछ,’ अध्यक्ष शारदाले आफ्नो अनुभव सुनाइन्, ‘तर समूहको एकता र सहकार्यले सम्भव भयो ।’

आमा समूह महिलाहरूको एक सामाजिक संठगन हो । यो सङ्गठनले बालबालिकालाई विद्यालय पठाउने, महिला हिंसा, जुवातास, जस्ता सामाजिक समस्या रोक्नका साथै समाज सुधारको कार्यहरू गर्छ । महिलाहरूलाई घरधन्दा र चुलोचौकामा मात्र सीमित नराखी सामाजिक र आर्थिक कार्यमा समेत उनीहरूको पहुँच बिस्तार गर्नु नै यसको प्रमुख उद्देश्य हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध