Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

तीन मतदान केन्द्र महिला मैत्री


तीन मतदान केन्द्र महिला मैत्री

जनकपुरधाम । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि धनुषामा तीन वटा मतदान केन्द्र महिलामैत्री हुने भएको छ । धनुषा–१ मा मावि धनुष मन्दिर अगाडि(क) मतदान केन्द्रलाई महिलामैत्री बनाइएको हो । निर्वाचन क्षेत्रमा एउटा मतदान केन्द्रलाई नमूनाको रुपमा महिलामैत्री बनाइएको निर्वाचन अधिकृत उत्तर प्रसाद खरेलले बताए । ती मतदान केन्द्रको मतदान अधिकृतमा शान्ता चौधरी रहेकी छन् । सहायक मतदान अधिकृत निलम यादवलाई तोकिएको हो । यस्तै सहायक कर्मचारीहरुमा आरती कुमारी सिंह, प्रियंका भारती रजक, पवित्रा कार्की, सिर्जना लामा र गिता महतो तथा कार्यालय सहयोगीमा रिना चौधरी रहेकी छन् । धनुषा–३ मा पनि एक मतदान केन्द्र महिला मैत्री राखिएको छ । धनुषा–३ को कदम चोकस्थित जिल्ला पशु सेवा कार्यालय परिसरको मतदान केन्द्रलाई महिलामैत्री बनाइएको हो ।

ती मतदान केन्द्रको मतदान अधिकृतमा नुतन झा रहेकी छन् भने सहायक मतदान अधिकृत संगिता सिंहलाई तोकिएको हो । यस्तै सहायक कर्मचारीहरुमा किरन कुमारी चौधरी, अंजु खडका, चाँदनी कुमारी शर्मा, बबिता कुमारी यादव र रेणुका दाहाल भण्डारी तथा कार्यालय सहयोगीमा संगिता थापा रहेकी छन् । धनुषाको चार वटै निर्वाचन क्षेत्रको एक÷एक मतदान केन्द्रलाई नमूना बनाउनको लागि महिलामैत्री राखिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए । धनुषा जिल्लामा नमूना मतदानको लागि चारै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरु छलफल गरेर महिलामैत्री मतदान केन्द्र राखिएको हो । आउँदो आइतबार हुन लागेको निर्वाचनको लागि धनुषामा करिब ६ हजार कर्मचारी खटाइएको छ । धनुषामा ६ सय ४ मतदान केन्द्र तोकिएको छ । एउटा मतदान केन्द्रमा कम्तीमा ६ जना र बढीमा आठ जना कर्मचारी खटाइएको छ । मतदाताको संख्या अनुसार मतदान अधिकृतले तीन जनासम्म स्वयम्सेवक खटाउन सकिने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए । मतदानमा खटाइएका कर्मचारीहरुले आइतबारदेखि निर्वाचन सामग्री बुभ्mने कार्य पनि सुरु भइसकेको छ । मतदान अधिकृतले मतदान केन्द्रको लागि आवश्यक सामग्री बुझने छन् भने मतदान केन्द्रमा खटाइएका कर्मचारीहरु भने आप्m निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर नियुक्तीपत्र सहितका सुविधाहरु बुभ्mनुपर्ने भएको छ ।

धनुषा–४ मा आइतबार साँझसम्म मतदान केन्द्रमा खटाइने कर्मचारीहरुको नामावली सार्वजनिक हुन सकेको छैन् । शनिबार मात्रै मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भएकोले कर्मचारीहरुको नामावली सार्वजनिक गर्न ढिलाई भएको धनुषा–४ का निर्वाचन अधिकृत सुदिप कुमार दंगालले बताए । निर्वाचन अधिकृत दंगालका अनुसार आइतबार अबेर साँझसम्म मतदान केन्द्रमा खटिने कर्मचारीहरुको नामावली सार्वजनिक गरिने भएको छ । धनुषा–४ मा खटिने कर्मचारीहरुमा बढी महिलाहरु नै रहेकाले महिलामैत्री मतदान केन्द्र बनाउने दंगालले बताए । धनुषा–४ को निर्वाचन अधिकृतको कार्यालय क्षीरेश्वरनाथ नगरपालिकाको केन्द्र महेन्द्रनगरमा राखिएको हो ।

धनुषा–२ मा भने महिला मैत्री मतदान केन्द्र बनाइएको छैन् । महिला मात्र भएको मतदान केन्द्र धनुषा–२ मा नरहेको निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध