Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

नगराइन नगरपालिकाको ६ वटा वडा बालश्रम मुक्त घोषणाको तयारीमा


नगराइन नगरपालिकाको ६ वटा वडा बालश्रम मुक्त घोषणाको तयारीमा

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाले सबै वडालाई बालश्रम मुक्त बनाउने भएको छ । सबै प्रकारका बालश्रमिकको अवस्था पहिचान गरी शून्यमा झारेर बालश्रममुक्त घोषणा गर्ने अभियान अघि बढाइएको हो । पालिकाको वडा नं. १, ४, ५, ६, ८ र ९ बालश्रम मुक्त घोषणा हुन मात्र बाँकी छ । ९ वटा वडा रहेको नगराइन नगरपालिकाको ६ वटा वडाका शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् । बालश्रम मुक्त वडा औपचारिक कार्यक्रम गरेर घोषणा गर्ने तयारी भइरहेको छ । वडा नं २, ३ र ७ बाहेक सबै वडाहरु बालश्रम मुक्त घोषणा गर्ने तयारीमा रहेको छ । नर्वेजियन दूतावासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत नगराइन नगरपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गर्ने तयारी अघि बढाइएको हो । हालसम्म ६ वटा वडा घोषणाको तयारीमा रहेको आसमान नेपालका पालिका संयोजक श्यामसुन्दर महतोले बताए ।

बालश्रममुक्त नगरपालिका बनाउनका लागि स्थलगत सर्वे, बालश्रमिको तथ्याङ्क संकलन तथा सम्भावित जोखिममा रहेका बालबालिकाको पहिचानसहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरेर वडाका सबै बालबालिकालाई विद्यालय भर्ना गराइएको संयोजक महतोले बताए ।

नगराईन नगरपालिका–८ अकौरा गाउँकी पुष्पा कुमारी महरा यसै वर्ष कक्षा ५ मा नामाकरण गराएकी हुन् । निक शिक्षा दिअ परियोजना अन्तर्गत संचालन गरिएको किशोरी कक्षामा अध्ययन गरेर पुष्पा विद्यालय भर्ना भएकी हुन् । स्थानीय अखिलेश्वरनाथ आधारभूत विद्यालयमा नामाकरण गराएकी हुन् । उनी विद्यालयमा नियमित छिन् । सुरुदेखि पढाईबाट टाढिएकी पुष्पा अहिले पढेर जीवनमा राम्रो काम गर्ने भन्न बिर्सिदैनन् । विद्यालयमा आउँदा कमजोर रहेपनि नियमित रुपमा पढ्न आउँदा सिकाई उपलब्धी सुधारोन्मुख रहेको विद्यालयका प्रअ रामसरोज दास बताउँछन् । उनी जस्तै अर्चना कुमारी मण्डल, स्वस्तिका पासमानपनि विद्यालय नियमित भएकी छन् ।

वडाभित्र कुनैप्रकारको बालश्रमिक छैनन्, पालिका संयोजक महतोले भने–जोखिममा रहेका बालबालिकाको पहिचान भइसकेको छ ।

बालश्रममुक्त वडा घोषणा अगाडि स्थलगत सर्वे, अतिविपन्न तथा अभिभावकविहीन बालबालिकाको पहिचानसहित सम्भावित जोखिममा रहेकाको विवरण संकलन गरिएको छ । बालश्रम मुक्त अभियानमा वडाका जनप्रतिनिधि, आमा समूह, युवा क्लबसहित स्थानीय सरोकारवाला निकायका प्रतिनिधिले समेत बालश्रम मुक्त वडा घोषण अभियानमा सामूहिक प्रतिवद्धता जनाएको उनले बताए । अभियानमा विद्यालयका प्रअ र शिक्षकहरुले पनि सघाएका छन् ।

सबै वडामा बालश्रमिक मुक्तका लागि आवश्यक पर्ने सूचक पूरा गर्ने कार्य अघि बढाएको हो ।

बालश्रम मुक्त वडा घोषणामा दलित बालबालिका चुनौती रहेको पालिका संयोजकले बताए । उनीहरुलाई विद्यालय भर्ना गराउन समय लाग्ने गरेको छ । विद्यालय जानै मान्दिन, उनले भने–उनको अभिभावकलाई प्रेरित गरेर भर्ना गराइएको छ । दलित बालबालिकामध्ये कयौंको जन्मदर्ता समेत नहुँदा अप्ठयारो भएको थियो, सामाजिक परिचालक पार्वती रामले भनिन्–उनीहरुको फारम आपैmले भरेर जन्मदर्ता बनाउन लगाए । जन्मदर्ताको प्रमाणपत्र भएपछि मात्रै विद्यालय भर्ना गराएको उनले सुनाइन् ।

आर्थिक अवस्था विपन्न भएका कारण बालश्रमिक हुनपुगेका बालबालिकालाई निशुल्क भर्ना अभियान सहित यस्ता बालबालिकालाई शैक्षिक सामग्री, पोशाक लगायतको सामग्री सहयोग गरिएको हो । नगरपालिकाभित्र हालसम्म १ जना पनि बाश्रमिक नभेटिएपनि विपन्नतका कारण जोखिममा परेकाहरूलाई सहयोग नगरे बालश्रमिक बन्ने सम्भावना रहेको सामाजिक परिचालक पुनिताले बताइन् ।

बालश्रममुक्त बनाउने बारेका हरेक सामुदायिक विद्यालयमा समेत अभियान सञ्चालन गरिने छ ।

नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत जिल्लाको नगराइन नगरपालिकासहित सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा आसमान नेपालले निक शिक्षा दिअ परियोजना अन्तर्गत अभियान नै संचालन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध