Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

श्रीमान बागी, श्रीमती समानुपातिक उम्मेदवार


श्रीमान बागी, श्रीमती समानुपातिक उम्मेदवार

वीरगञ्ज । पर्सा– १ मा श्रीमान बागी उम्मेदवारी दिएका छन् भने श्रीमती समानुपातिकतर्पmको उम्मेदवार छन् ।

पर्सा–१ मा प्रतिनिधिसभा सदस्यको लागि नेपाली काँग्रेसबाट बागी भएर अजय द्विवेदीले उम्मेदवारी दिएका छन् । गठबन्धनका कारण उक्त क्षेत्र कांगे्रसको फाँटमा नपरेपछि द्विवेदी बागी भएर उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर निष्काशनमा समेत परिसकेका द्विवेदीका लागि काँग्रेसकै समानुपातिक उम्मेदवारले मत माग्दै हिडेका छन् ।

काँग्रेसबाट समानुपातिक उम्मेदवार सुष्मा तिवारीले काँग्रेसको साधरणसदस्यबाट समेत निकालिएका आफ्ना श्रीमान् द्विवेदीको लागि मत माग्दै हिडेकी छन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको काँग्रेसको समानुपातिक उम्मेदवारको बन्दसुचीको क्रमसंख्या १०१ मा तिवारीको नाम उल्लेख छ ।

कांग्रेसले आफूसँग धोका गर्यो भन्दै हिडेकी तिवारीले पार्टीबाट राजिनामा नगरेर दोहोरो चरित्रको प्रदर्शन गरेकी हुन् ।

तिवारीले बागी उम्मेदवारी दिएका आफना श्रीमान् द्विवेदीको प्रचार प्रसार गरिरहदा काँग्रेस नेता कार्यकर्ता चकित भएका छन् ।

पर्सा–१ का एक काँग्रेसी कार्यकर्ता भन्छन्, ‘पार्टीको समानुपातिक उम्मेदवार पनि हुने अनि पार्टीले कारबाही गरिसकेका उम्मेदवारको भोट माग्दै हिड्ने, यो दोहोरो चरित्र हो ।’

प्राध्यापकसमेत रहेकी नेतृ तिवारीले आफू समानुपातिक उम्मेदवार रहेको पार्टीबाट निष्कासनमा परेका श्रीमानको लागि प्रचार प्रसार गर्नु गैरराजनीतिक चरित्र भएको काँग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् ।

काँग्रेसका एक अर्का कार्यकर्ता भन्छन्, ‘तिवारीले समानुपातिक बन्दसुचीबाट आफनो नाम फिर्ता लिएको भनेर फेसबुकमा हालेको पोष्ट नाटक मात्रै रहेछ, उनी दुवै हातमा लड्डु लिएर हिडिरहेकी छन् । ती कार्यकर्ताले तिवारीले फेसबुकमा मात्र आफुले काँग्रेसको बन्दसुचीबाट आफनो नाम फिर्ता लिएको भनेर पोष्ट गरेको तर निर्वाचन आयोगमा निवदेन नै नबुझाएको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध