Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मुसहर समुदायका बालबालिका विद्यालयप्रति आकर्षित


मुसहर समुदायका बालबालिका विद्यालयप्रति आकर्षित

जनकपुरधाम । हरेक दृष्टिकोणले अति पिछडिएको मुसहर समुदायका बालबालिकामा अघिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून संख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको संख्या उत्साहजनकरूपमा बढ्दै गएको पाइएको छ ।

मुसहरसहित दलित समुदायको उल्लेख्य बसोबास रहेको धनुषाको सबैला नगरपालिका–१३ किरतपुर (ढोलबजा) का मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन् । सो नगरपालिकालाई बालश्रम मुक्त घोषणा गराउने अभिप्रायले नर्वेजियन दूताबासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत मुसहरसहित दलित समुदायका बालबालिकालाई विद्यालय भर्ना गराइएको हो । विद्यालयमा भर्ना भएदेखि नियमित रुपमा विद्यालय आइरहेको श्री आधारभूत विद्यालय किरतपुरका प्रधानाध्यापक पवन कुमार महतोले बताए ।

विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको विद्यालय भर्ना अभियान अन्तर्गत चालु शैक्षिक सत्रमा मुसहर समुदायका ५० जना किशोरीहरु नियमित रहेको प्रअ महतोले बताए ।

केही वर्ष अघि ती वडाबाट मुसहर समुदायका विद्यालय जाने बालबालिकाको संख्या १० जना पनि थिएन्, प्रअ महतोले भने–तर, ‘निक शिक्षा दिअ परियोजना अन्तर्गत टोल टोलमा संचालन गरिएको किशोरी शिक्षा कार्यक्रममार्पmत उनीहरु विद्यालयसम्म आइपुगेका हुन् ।

विद्यालय भर्ना भएका किशोरीलाई आधारभूत शिक्षा भने किशोरी कक्षामा प्रदान गरिएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक सत्य कुमार महतोले बताए ।

निक शिक्षा दिअ परियोजना अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा, किशोरी कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने मुसहर समुदायका बालबालिकाकाको संख्या दोब्बरले बढेको छ ।

चालु शैक्षिक वर्षमारुबी सदा, कोशिला सदा, संजिता कुमारी सदा, पुनम सदा, अंजली सदा, आंचल सदा लगायत १२ जना किशोरी भर्ना भएकी श्रीआधारभूत विद्यालय किरतपुरका शिक्षक रामसुन्दर यादवले बताए ।

यस्तै कक्षा ६ मा मनिषा कुमारी सदा, कविता कुमारी सदा लगायत ५ जना भर्ना भएर विद्यालयमा नियमित भएकी अर्का शिक्षक उत्तिमलाल यादवले बताए ।

कक्षा ४ मा पनि चन्द्र कुमारी सदा, रवी सदा, सविता सदा लगायत ९ जना किशोरी भर्ना भएर अहिले नियमित विद्यालय आउने गरेकी शिक्षक रामसुन्दरले बताए ।

नियमित विद्यालय आउन थालेकी मुसहर समुदायका किशोरीका अभिभावलके पनि उनीहरुलाई अव घरेलु कार्यमा लगाउन छाडेका छन् ।

सविता सदाकी अभिभावक सुरज सदा छोरीको पढाईप्रतिको लगनदेखि हर्षित छन् । उनी अव आपैm दुख, कष्ट गरेर काम गर्ने तर छोरीलाई विद्यालय पठाउने बताउँछन् ।

पहिला पहिला मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकूदमै दिन बिताउने गरेका थिए तर गाउँ टोलमै निःशुल्क किशोरी कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन् । सुरजले भने–‘केही वर्षअघिसम्म विद्यालयहरूमा मुसहर परिवारका बालबालिका न्यून संख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको संख्या बढ्न थालेको छ ।

केही वर्षअघि सम्म मुसहर परिवारमा शिक्षाको महत्व थाहा नभएर होला एक त मुसहर परिवारका बालबालिका विद्यालय जान रुचाइरहेका थिएन भने अभिभावकहरू पनि विद्यार्थीलाई विद्यालय पठाउन चाहिरहेका थिएनन् । विलेचनी सदाले भनिन्–‘हाल मुसहर परिवारको बालबालिका पनि विद्यालय जान थालेका छन् । अभिभावकहरूमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ । कुनै बेला आफूलाई पढ्न रहर हँुदाहुँदै पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको सम्ँिझदै बिलेचनीले थप्छिन–‘अहिले त्यस्तो अवस्था विस्तारै हट्दै गएको छ । मुसहर परिवारका अभिभावकहरू पनि जिम्मेवार बन्दै गएको उनी सुनाउँछन् ।

विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाका तर्फबाट शैक्षिक सामग्री र स्कूल ब्यागसमेत निःशुल्क उपलब्ध गराएको छ ।

विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन ठूली दिदीहरु पनि सक्रिय भूमिकामा छिन् ।

शैक्षिकरूपमा जर्जर रहेको मुसहर समुदायका बालबालिकाको विद्यालय आउने क्रम बढेको भन्दै यस्तो अभियानलाई अझ निरन्तरता दिनुपर्ने आधारभूत विद्यालयका प्रधानाध्यापक महतोले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध