Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

माधव नेपालमाथि कारबाही गर्न प्रहरीलाई आयोगको पत्र


माधव नेपालमाथि कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको छ ।

निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि बढाउन निर्देशन दिएका हुन् ।

नेपालले दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्र रौतहट–१ का कार्यकर्तालाई सम्बोधनको क्रममा आफूले जिते युवाहरुलाई सित्तैमा विदेशमा रोजगारी दिलाउने विवादित अभिव्यक्तिसहितको आश्वासन दिएका थिए ।

आयोगले प्रहरीलाई काटेको पत्रमा भनिएको छ, ‘आफूले चुनाव जिते देश बाहिर युवालाई निःशुल्क रोजगारीको अवसर दिने आश्वासन बाँडिएको भन्ने समाचार प्रकाशन भएको, निजले ‘बिना ढेउवा के भिसा मिल्ने है. टिकट मिलते हैं, काठमाडौंमे तालिम मिल्ने’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएकोले सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा निजको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेखिएको छ ।’

निर्वाचन (कसूर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा (१) मा निर्वाचनको सिलसिलामा उम्मेदवार निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै किसिमको प्रभाव पार्न हुँदैन भन्ने समेतको व्यवस्था रहेको पत्रमा उल्लेख छ ।

उक्त ऐनको उपदफा (१) को ख र चमा कुनै किसिमले लोभ लालच देखाउन वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगले दफा २० को उपदफा (४) मा उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा सजाय हुनेछ भन्ने व्यवस्था भएको भन्दै नेपाललाई कारवाही थाल्न प्रहरीलाई निर्देशन दिएको हो ।

‘अध्यक्ष नेपालबाट निर्वाचनको मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकोले त्यस सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिन आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ’, आयोगले प्रहरीलाई भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध