Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

तलब माग्दै शिक्षकहरु आन्दोलित


तलब माग्दै शिक्षकहरु आन्दोलित

हरिपूर्वा । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकाका शिक्षकले तलब माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

नगर सभाले बजेट पारित नगर्दा हरिपूर्वाका शिक्षक तथा कर्मचारीले महान चाड दशैँमा समेत तलब खान पाएनन् । गएको साउनदेखि तलब नपाएपछि मारमा परेका शिक्षकले असोज २४ गते नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।

आफूहरुको मागमा कुनै सुनुवाई नभएपछि शिक्षकले बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले बिहीबार पहिलो दिन हातमा कालोपट्टी बाँधेर काम गरेका थिए ।

आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार पेन डाउन गरेका छन् । आगामी ३० गते आइतबारदेखि अनिश्चितकाल सम्पूर्ण विद्यालय बन्द गरी नगरपालिका कार्यालयमा धर्ना दिने आन्दोलित शिक्षकले बताएका छन् । तलब, भत्ता नपाउँदा दशैँ खल्लो भएको र तीहार तथा छठ पर्वमा पनि उस्तै अवस्था आउने देखिएको भन्दै शिक्षकले चिन्ता व्यक्त गरेका छन् ।

चाडबाडको बेला धरी तलब सुविधा नपाउँदा शिक्षकमा पठनपाठन गराउन कुनै उत्साह छैन्, व्यवहार धान्न पनि गाह्रो परिरहेको अवस्था छ, राम जानकी माध्यमिक विद्यालय हरिपूर्वा–९, का प्रधानाध्यापक चितरञ्जन सिंहले भने, यो अवस्थामा शिक्षकले कसरी घर व्यवहार धान्नु ? हामी शिक्षकमाथि ठूलो अन्याय भएको छ ।

राजनीतिक सहमती जुट्न नसक्दा हरिपूर्वा नगरपालिकामा नगर सभा हुन सकेको छैन् । नगर सभा हुन नसक्दा असोज बित्न लाग्दा समेत आर्थिक वर्ष २०७९÷०८० को बजेट पारित हुन सकेको छैन् ।

हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले शिक्षक–कर्मचारीलाई तलब खुवाउनका लागि बिहीबार दिउँसो कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवा पुगेर समन्वय गरे पनि नगर सभाबाट बजेट पास नहुञ्जेल तलब, भत्ता खुवाउन नमिल्ने जवाफ आएको बताए । नगर सभा हुन नसक्दा कर्मचारी र शिक्षकको तलब भत्तादेखि नगरको कामकाज नै ठप्प भएपछि नगरप्रमुखसहित हामी कोलेनिका पुगेका थियौँ, तर कोलेनिकाबाट नगर सभा नगरी रकम निकासा हुने कुनै उपाय नरहेको जवाफ आयो, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध