Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

संविधान दिवस–२०७९ लोसपाको विरोध दिवस, जसपाको शुभकामना


संविधान दिवस–२०७९  लोसपाको विरोध दिवस, जसपाको शुभकामना

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सोमबार विरोध दिवस मनाएको छ ।

लोसपा धनुषाले संविधानलाई अस्वीकार गर्दै असोज ३ गते जनकपुरधाममा विरोध प्रदर्शन गरेको हो । लोसपाले सर्वस्वीकार्य हुन नसकेको संविधान दिवसको अवसरमा विगतमा कालो दिवस मनाउँदै आएको थियो । यस वर्ष भने संविधान दिवसमा विरोध दिवस मनाएको हो । मधेश प्रदेशको धनुषासहित विभिन्न जिल्लाहरुमा लोसपाले विरोध दिवस मनाएको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएको दिन लोसपाले विरोध कार्यक्रम गर्दै आएको छ ।

कालो ब्यानरसहित लोसपाका नेता कार्यकर्ताहरुले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको हो ।

जनकपुरधामको जनकचोकबाट निकालिएको विरोध जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा पुगेर कोणसभाको आयोजना गरिएको थियो ।

लोसपा नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म मधेशका जनता संविधानको विरोधमा कालो दिवस मनाइराख्ने चेतावनी दिए ।

‘राज्यले थुप्रै आश्वासन दिए पनि त्यसलाई पुरा गरेन र त्यसको विरोध आफूहरु शान्तिपूर्ण तरिकाले गर्दा प्रहरीले गोली चलाएर मधेशी जनताको हत्या गरियो,’ उनले अगाडि भने, ‘संविधान जारी भएको दिन पनि आफूहरु शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेको समय मधेसका ठाउँ ठाउँमा गोली चलाएर मधेशी जनताको हत्या गरियो ।’

अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियतालाई परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने उनले बताए ।

आफ्नो पार्टीको निर्णय अनुसार आफुहरु संविधान दिवस नमनाएर यसको विरोधमा रहेको उनले बताए ।

यता, संविधान जारी भएको दिनलाई विगतदेखि ‘कालो दिवस’ का रूपमा मनाउँदै आएको जनता समाजवादी पार्टी(जसपा) नेपालले भने यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाएको छ ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको माग गरेका छन् । उनले संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय रहेको र संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्ने बताए । त्यस्तो नभएमा संविधानलाई जनताको हितका लागि संशोधन गरिरहनु पनि जरुरी रहेको उनको भनाइ छ ।

उता, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा), डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले असोज ३ लाई कालो दिवसको रूपमा मनाएको छ ।

संविधानमा रहेका केही त्रुटिहरु नसच्याइएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगंजमा पनि विरोध जुलुस गरेकोे छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार वीरगंजमा विरोध र्याली गरिएको हो ।

लोसपाले संविधान जारी भए देखिनै विरोधका विभिन्न कार्यक्रम गर्दै आइ रहेका छन् । विगतमा सरकारले संविधान दिवसको अवसरमा दीपावली मनाउने घोषणा गरेसंगै तत्कालीन राजपाले व्लैक आउटको घोषणा संगै मधेश भर ब्लैक आउट गरेर संविधानको विरोध गरेका थिए ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति मार्फत पार्टीका जिल्ला कमिटीहरुलाई विरोध जुलुस गर्न निर्देशन दिएका थिए ।

२०७२ साल देखी निरन्तर संविधान संशोधन, नागरिकता लगायतका मुद्दालाई लिएर आन्दोलन गरिरहेका लोसपाले माग सम्बोधन गराउन तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा १८ दिनकालागि मन्त्रिमण्डलमा समेत सहभागी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध