Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

टिकटकमा अश्लिल हर्कत गर्ने विरुद्ध गोलबन्द हुँदै युवाहरु


टिकटकमा अश्लिल हर्कत गर्ने विरुद्ध गोलबन्द हुँदै युवाहरु

जनकपुरधाम । मधेश प्रदेशका युवाहरुले सामाजिक संजाल टिकटक बन्द गराउन अभियान थालेका छन् ।

युवाहरुले टिकटक बन्द संघर्ष समिति नै गठन गरेर यसको विरोधमा अभियान थालेका हुन् । उनीहरुले प्रदेशका जिल्ला प्रशासन कार्यालय, सुरक्षानिकायका प्रमुखलाई टिकटक बन्दको माग गर्दै ज्ञापन समेत बुझाएका छन् ।

टिकटकमा अश्लिल हर्कत बढ्दै गएको दावी ती युवाहरुको छ । यस्ता क्रियाकलापले समाजमा विकृति बढेको ठहर गर्दै विभिन्न जिल्लाका युवाहरु टिकटक विरुद्ध गोलबन्द हुन थालेका छन् । महोत्तरीबाट सुरु भएको ज्ञापनपत्र बुझाउने अभियान अहिलेसम्म धनुषा, सिरहा, रौतहट लगायतका जिल्लामा सम्पन्न भएको छ । सम्बन्धित जिल्लाका स्थानीय युवाहरुले अभियानको अगुवाई गर्दै प्रशासनलाई ज्ञापन बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई नेपालबाट टिकटक पुर्णरूपमा बन्द हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै दुबै जिल्लामा प्रदर्शन गरिएको छ ।

जनकपुरसहित अन्य ठाउँको धार्मिक स्थलहरुमा टिकटक प्रयोगकर्ताहरुले धर्मको उपहास गर्न थालेपछि टिकटक बन्द सँघर्ष समितिले यसको विरोधमा उत्रेका हुन् । युवती र किशोरीहरुले अश्लिल भोजपुरी, हिन्दी गीतहरुमा नृत्य गरेर टिकटकमा पोष्ट गर्दै आएका छन् । जसका कारण उनीहरुले थोरै समयमा बढी भ्युवर, लाइक, कमेन्ट, प्mलोवर पाएका छन् । टिकटकमा लोकप्रियता पाएका युवतीहरुले अबेर राति लाइभ आएर युवाहरुसित अश्लिल कुराकानी गर्ने गरेको अभियानमा लागेका युवाहरुको दावी छ ।

उनीहरुले केही यस्ता युवतीहरुको टिकटक एकाउन्ट बन्द गराउन सफल भएका छन् । टिकटकको सदुपयोग भन्दा दुरुपयोग बढी भएको आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बताए ।

अश्लिल क्रियाकला बढ्दै जाँदा सामाजिक विकृति समेत निम्याएकोले टिकटकको विरोध सबै पक्षबाट हुनुपर्ने धारणा उनको छ । युवाहरु अधिकांश समय सामाजिक संजालमै खर्चिन लागेकोले सिर्जनशिलता कमजोर हुँदै गएको अध्यक्ष यादवको तर्क छ । सामाजिक संजालको धेरै सकारात्मक पक्ष रहेपनि हाम्रो समाजका युवा जमातले नकारात्मक पक्षमात्रै ग्रहण गर्नु चिन्ताजनक रहेको उनले थपे । सकारात्मक कुरालाई आत्मसाथ गरेर जानुपर्छ, उनले भने–तर, हाम्रो यहाँका युवा युवतीहरु नकारात्मक कुरालाई आत्मसाथ गरेका छन् । यसले सामाजिक विकृति बढाउनुका साथै आत्महत्या जस्ता घटनाहरु पनि बढेको अध्यक्ष यादवको तर्क छ । अश्लिल गीत संगित पनि यसमा ठूलो भूमिका निर्वाह गरेकाले यसको विरुद्ध पनि समयमै कदम चाल्नुपर्ने आवश्यक्ता उनले औंल्याए ।

टिकटकले देशको शिक्षा, स्वास्थ्य तथा आर्थिक र देशका कर्णाधार मानिने किशोर किशोरीहरु, बालबालिकाहरुले समेत टिकटकको लत्तमा फँसेर भविष्य बिगार्ने तर्फ अग्रसर भएको भन्दै भारतजस्तै यो एपलाई नेपालमा पनि प्रतिबन्ध लगाउन आग्रह गरिएको हो ।

सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्रीहरु प्रसारण गर्न नहुने ,कसै प्रति द्वैस घृणा फैलाउने ,कुनै पनि जातजाति ,सम्प्रदायको बीच सम्बन्धमा भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर खलल पुर्याउने, भ्रम फैलाउन मद्दत गर्ने सामग्री प्रकाशन, प्रसारण वा प्रदर्शन गर्न नहुने स्पष्ट हुँदा हुँदै यस प्रकारको गतिविधि बढेको छ ।

बिद्युतीय कारोबार ऐनको दफा ४७ को उपदफा १ मा कम्प्युटर , ईन्टरनेट लगायत बिधुतिय संचार माध्यमबाट प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने सामग्री सार्वजनिक गर्न नहुने उल्लेख छ तर यो साइबर कानुन माथि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छैन् ।

सामािजक संजाललाई बदनाम गर्न लागेका व्यक्ति विरुद्ध अभियान चलाउनुपर्छ, जनकपुरका युवा अभियन्ता सरोज मिश्रले भने–तर, सामाजिक संजाल नै बन्द गर्नु हुँदैन् । यसमा धेरै सकारात्मक र सभ्य व्यक्तिहरु पनि जोडिएका छन् । केही गलत तत्वका कारण सामाजिक संजाल नै बन्द गर्न लगाउनु उचित नहुने तर्क गर्दै मिश्रले यसलाई बदनाम गरेको विरुद्ध कारबाहीको माग गर्नुपर्छ । अघिल्लो समय युवतीहरुले टिकटकमा गरेको क्रियाकलाप सामाजिक रुपमा स्वीकार्य नरहेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा मिश्रको छ ।

इन्टरनेट र सामाजिक सञ्जालको सदुुपयोग गर्न सके विश्व बजारमा सजिलै बिक्न सकिन्छ भन्ने ज्ञान प्रयोगकर्तामा हुनुपर्छ । व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न सकिन्छ । सामाजिक सञ्जालमार्फत गैरकानुनी गतिविधिमा सामेल हुनेलाई कठोर दण्डको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

युवा जमातमा सामाजिक सञ्जालको लत बढी छ । तसर्थ स्कुले तहको पाठ्यक्रममै सामाजिक सञ्जाल के हो ? यसका फाइदा, बेफाइदा र दुरुपयोग भए के कारबाही गर्ने भन्ने विषय पनि पाठ्यक्रममा समेट्नु उचित नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष मेघनाथ यादवले बताए ।

सामाजिक सञ्जाललाई कसरी रचनात्मक काममा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा युवावस्थादेखि सिकाउनुपर्छ, उनले भने– अभिभावकले नानीबाबुले इन्टरनेटमा कस्ता सामग्री हेरिरहेका छन् र यो उनीहरूको व्यक्तित्व विकासमा कति सहयोगी बनिरहेको छ भन्ने विषयमा ज्ञान राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध