Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

दशैं अगावै रेलको सेवा थपिने


दशैं अगावै रेलको सेवा थपिने

दशैं अगावै रेलको सेवा थपिने

जनकपुरधाम । नेपाल रेल्वेले सेवा थप गर्ने भएको छ । दशैं अगावै कुर्था–जनकपुरधाम–जयनगर रेल दैनिक तीन पटक संचालन हुने भएको छ । अव बिहान ७ बजे पनि रेल जनकपुरबाट जयनगर जाने भएको छ । बिहान ७ बजे, दिउँसो १२ बजे र ५ बजे गरी तीन पटक जनकपुरबाट जयनगर रेल संचालन हुने भएको छ । अहिले कुर्था–जनकपुरधाम–जयनगर दैनिक दुई पटक ओहोरदोहोर गर्दै आएको छ । दशैं अगावै दैनिक तीन पटक रेल संचालन गरिने तयारी अघि बढाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए । जनकपुरबाट बिहानको समयमा पनि सेवा थप गर्ने तयारी अन्तिम चरणमा रहेको उनले बताए ।

बिहान ७ बजे जनकपुरबाट जयनगरको लागि रेल प्रस्थान गर्छ–उनले भने–जयनगरबाट सोही रेल ९ बजे जनकपुर फर्किने छन् । अहिले दुई सेवा हुँदा जनकपुरका यात्रीलाई आवतजावतमा समस्या हुँदै आएको छ । रेल सेवा विस्तारको माग व्यापारीहरुले गर्दै आएका छन् । बिहानको समयमा जनकपुरबाट जयनगर रेल संचालन हुँदा व्यापारीले समान खरिद गरेर दिउँसो फर्किन सक्ने छन् । तर, अहिले बिहान ११ बजे जनकपुरबाट रेल संचालन हुँदा फर्किन समस्या भएको छ । बिहान ११ बजे जयनगर गएको रेल दिउँसो ३ बजे जनकपुरको लागि प्रस्थान गर्ने गरेको छ । बिहानको रेल चढेर जयनगर गएका यात्रुले सामान किनमेल गर्ने पर्याप्त समय पाउने गरेको छैन् । दिउँसो साढे १ बजेतिर जयनगर पुग्ने यात्रीले ३ बजेसम्म रेल चढ्न स्टेशन आउनुुपर्ने बाध्यता छ ।

जसका कारण जनकपुरबाट गएको यात्रीलाई सामान किनमेल गर्न कठिनाई हुने गरेको छ । बिहानको सेवा थप भएपछि जयनगर गएर किनमेल गरे फर्किन सहज हुने छ । यसअघि पुरानो संचालन हुँदा पनि बिहान ७ बजे जनकपुरबाट जयनगरको लागि प्रस्थान गर्ने गरेको थियो । जनकपुरबाट जयनगरको लागि यात्रीको चाप बढी हुने गरेको छ । तर, बोगीको संख्या कम हुँदा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ । जनकपुरको तुलनामा जयनगरबाट आउने यात्रीको संख्या कम हुने गरेको महाप्रबन्धक झाले बताए ।

जनकपुरको यात्रीको ध्यानमा राखेर दशैं अगावै बिहानको सेवा संचालन गर्न लागिएको उनले बताए । दिउँसो ५ बजे जयनगरबाट आउने रेल राती कुर्थामा पार्किङ गरिने उनले बताए । कुर्थाबाट बिहान ६ः३० बजे रेल खुल्ने छ । ७ बजे जनकपुरबाट रेल जयनगरको लागि प्रस्थान गर्नेछ । कम्पनीसित रहेको दुई वटा रेल आलोपालो गरी संचालन हुँदै आएको छ । एउटा रेल सर्भिसिङमा जाँदा अर्कोले सेवा दिदै आएको छ । सातामा दुई दिन रेलको सर्भिसिङ हुने गरेको छ । सर्भिसिङको पाटो भारतीय कम्पनी इरिकोनको रहेको छ । गएको चैत १९ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेपछि रेल संचालनमा आएको छ । रेल संचालनमा आएपनि समय तालिका नमिलेकोले जनकपुरका बासिन्दालाई जयनगर गएर फर्किन समस्या भएको छ ।

दैनिक दुई पटक रेल घाटामा संचालन गरिएको छ । दुई पटक ओहोरदोहोर गरेर रेलबाट दैनिक दुई लाख आम्दानी भईरहेकोछ । रेल्वेको खर्च भने करिब सात लाख रहेको छ ।

नेपाल रेल्वेको वासिङ्ग सेन्टर र फ्युल सेन्टर नहुँदा खर्च बढेको महाप्रबन्धक झाले बताए ।

रेलको वासिंगका लागि पाँच करोड बढी तिर्नुपर्छ र फ्युलमा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ ।

भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) लाई वार्षिक ४८ करोड रुपैयाँ तिर्नुपर्ने सम्झौता भएको महाप्रबन्धक झाले बताए । तर, आम्दानी भने साढे ७ करोडको हाराहारीमा हुने देखिएको छ । सेवा थप गरेपछि आम्दानी वृद्धि हुने विश्वास झाको छ ।

नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी छन्, उनले भने–केही कर्मचारीको मासिक तलव तीन लाख बढी तिर्नुपरेकोछ । उनीहरुको तलवमा मात्र मासिक १८ लाख बढी खर्च हुन्छ । नेपाली कर्मचारीको संख्या ९१ वटा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध