Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सत्तारुढ गठबन्धनसित सहकार्य हुन्छःवरिष्ठ नेता महतो


सत्तारुढ गठबन्धनसित सहकार्य हुन्छःवरिष्ठ नेता महतो

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सत्तारुढ गठबन्धनसँग सहकार्य गर्ने बताएका छन् ।

राजविराजमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफूहरुको माग र मुद्दामा सरकारले सकारात्मक काम गरिरहेकाले सत्ता गठबन्धनसँगै सहकार्य गर्ने बताए । यस सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको उनको भनाइ छ ।

‘गठबन्धनका लागि अरु तर्फबाट पनि प्रस्ताव आइरहेको छ’ उनले भने, ‘तर कुराकानी भने प्रधानमन्त्रीसँग भइरहेको छ । गठबन्धन भए चुनावी तालमेल पनि हुनेछ ।’

गठबन्धन नभए एक्लै पनि चुनावमा जाने नेता महतोले बताए । ‘कुनै परिस्थितिमा चुनाव लडनुपर्छ, यही मानसिकताका साथ काम गर्नुस्’ महतोले कार्यकर्तालाई भने, ‘चुनावलाई आन्दोलनको रुपमा बुझेर तयारी गर्नुपर्छ ।’

विगतमा आफूहरुको माग र मुद्दा सम्बोधन गराउन केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि सहभागी भएको भन्दै महतोले त्यतिबेला धेरै बदनामी खेप्नुपरेको बताए । ‘१३९ जनाको मुद्दा फिर्ता गरायौं, नागरिकता अध्यादेश जारी गराएपछि ओली नेतृत्वको सरकारको समर्थन गरेका थियौं’ उनले भने, ‘त्यो सरकारमा गएपछि हाम्रो बदनामी भयो ।

यो सरकारले नागरिकता सम्बन्धी कानुन ल्याएपछि सहयोग, समर्थन हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेको बताउँदै महतोले राष्ट्रपति एकल जातीय र नश्लीय सोंचले ग्रसित भएर नागरिकता विधेयक फिर्ता गरेको आरोप लगाए ।

कार्यक्रममा नेता शरदसिंह भण्डारीले गठबन्धनभित्र पनि वाम गठबन्धन भइरहेको सन्दर्भमा लोकतान्त्रिक गठबन्धन बनाउनुपर्ने बताए । ‘वाम गठबन्धन हुन्छ भने लोकतान्त्रिक गठबन्धन बनाउन जरुरी छ’ उनले भने ।

अर्का नेता अनिल झाले पार्टी सत्तारुढ गठबन्धनसँग सहकार्य गर्ने सम्भावना रहेको र यसका निम्ति कुराकानी भइरहेको बताए ।

राजबिराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भु प्रसाद यादब नेकपा माओवादी केन्द्र परित्याग गरि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

पार्टीका वरिष्ठ नेता महतोले निवर्तमान मेयर यादवलाई पुष्पमाला र टीका लगाई पार्टीमा स्वागत गरे ।

यसैगरी राजबिराज नगरपालिका पुर्व कार्यपालिका सदस्य प्रमोद कावडा, पुर्व वडा अध्यक्षहरू माँगीलाल नाई, सुदर्शन सिंह, शम्भु यादव लाली ,शोभालाल मण्डल पनि लोसपामा प्रवेश गरेका छन् । त्यस्तै राजबिराज नगरपालिका वडा न.३ का नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदका प्रत्यासी मो. ईर्साद अन्सारी सहितका नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि लोसपा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई पार्टीका बरिष्ठ नेता महतो, नेता भण्डारी, नेता झा, मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल लगायतले पार्टीमा स्वागत गरेका थिए ।

लोसपा जिल्ला अध्यक्ष सुनिल झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग, लोसपा नेता गजेन्द्र मण्डल, जयप्रकाश ठाकुर, रविन्द्र मण्डल, उपेन्द्र साह ओविसी, पुनमकुमारी यादव, जिसस उपप्रमुख शम्भु यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा छिन्नमस्ता गापा अध्यक्ष विद्यानन्द चौधरी, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, उपाध्यक्ष पुष्पा श्रेष्ठ , महदेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, उपाध्यक्ष अन्जु यादव, हरेकृष्ण प्रसाद सिंह, राजेन्द्र प्रसाद यादव, ललन मिश्र, दिपेन्द्र कुमार चौधरी, शैलेसकुमार चौधरी, जिल्ला उपाध्यक्ष वौवा लाल शर्मा, साधना झा, राजकुमार चौधरी, महिन्द्र खंग, कपिल मुखिया, मुसहरु यादव , ललन झा, पिताम्बर यादव, मो याकुब लगायत सयौ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध