Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

फुटपाथ व्यवसायी आक्रोसित, नगर प्रहरीले बल प्रयोग गरेको आरोप


फुटपाथ व्यवसायी आक्रोसित, नगर प्रहरीले बल प्रयोग गरेको आरोप

जनकपुरधाम । जनकपुरधाममा फुटपाथ व्यवसायी र नगरप्रहरीबीच शुक्रबार झडप भएको छ ।

जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको हो ।

कृष्णाजन्माष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगरप्रहरीबीच झडप भएको स्थानीयहरुले बताए ।

नगरप्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए । ठेला हटाउने विषयलाई लिएर व्यवसायी र नगर प्रहरी बीच सुरु भएको भनाभन झडपमा परिणत भएको थियो । नगरप्रहरीले फुटपाथ व्यवसायीमाथि नगर प्रहरीले बल प्रयोग गरेको आरोप लगाइएको छ । नगर प्रहरीले स्थानीय एक ६ वर्षीय बालकमाथि समेत लाठी प्रहार गरेको बताइएको छ ।

झडप भएको खबरपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायत ९ जनालाई नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम उपमहानगरले फुटपाथ खाली गराएपनि व्यववस्थापन नगरेको भन्दै व्यवसायीहरु आन्दोलनमा छन् । फुटपाथको सडक खाली गराइएपनि ती क्षेत्रमा व्यापार गर्दै आएका व्यापारीलाई जनकपुरधाम उपमहानगरपालिको हालसम्म व्यवस्थापन गर्न सकेको छैन् । जानकी मन्दिर वरपरबाट हटाएपछि उनीहरु जानकी मन्दिर परिसरमा व्यापार थालेका थिए । तर, त्याहाँबाट पनि हटाइएपछि अहिले उनीहरुको व्यापार ठप्प छ । व्यापार ठप्प हुँदा दैनिक जीवनयापन समेत प्रभावित भएको व्यापारीहरु बताउँछन् ।

जनकपुरधामको जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा नगर प्रहरीले बल प्रयोग गरेको उनीहरुको आरोप छ ।

यसअघि जानकी मन्दिर आसपासका फुटपाथ व्यापारीहरूले जनकपुरधामका नगरप्रमुखविरुद्ध विरोध प्रदर्शन गर्नुका साथै बिहीबार उपमहानगरको कार्यालय समेत घेराउ गरेका थिए ।

फुटपाथ खाली गरेको हप्तौं बिते पनि उपमहानगरले कुनै व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ । साना तथा खुद्रा पसल थापेर व्यापार गरी जीविकोपार्जन गर्दै आए पनि आफूहरूको समस्याप्रति नगरप्रमुख मनोजकुमार साह गम्भीर नबनेको उनीहरूको आरोप छ । फुटपाथ व्यवसाय हटाएपछि जानकी मन्दिर परिसर र वरपरका क्षेत्र व्यवस्थित देखिएको छ । जानकी मन्दिरमा दर्शन पूजा गर्न जानेलाई सहज भएको छ । तर, वर्षौदेखि त्याहाँ पूजा सामग्रीको व्यापार गरेर जीवनयापन गर्दै आएका व्यापारीहरुको व्यवस्थापन नहुँदा उनीहरुको विजोग भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध