Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

प्रदेशलाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै जसपाको ज्ञापन


प्रदेशलाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै जसपाको ज्ञापन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्पmत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरि किसानको लागि राहत प्याकेजको माग गर्दै आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्पmत प्रधानमन्त्री देउवालाई जसपाका नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् । धनुषामा जसपा जिल्ला अध्यक्ष पशुपति यादवको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालको संविधानले खाद्यसम्बन्धी अधिकारलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेपनि अन्न भण्डार मानिने मधेश प्रदेशमा वर्षा नहुँदा धान रोपाई हुन सकेको छैन् । आकाशे पानीको घरमा खेती गर्दै आएका किसानको धान रोपाई गर्ने आधार नै वर्षा रहेको छ । तर, यस वर्ष पानी नपर्दा किसानलाई धान रोप्न समस्या भएको छ । रोपाई भएको धान खेतमा पनि चिरा परेको छ । साउन महिनाको दोश्रो साता बित्न लागेपनि वर्षा नहुँदा जसपाले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्दै राहत प्याकेज ल्याउन माग गरेको हो ।

कृषिजन्य उत्पादन एवम् व्यापारमा प्रतिस्पर्धा, व्यावसायीकरण, यान्त्रिकीकरण र विविधिकरण आवश्यक छ । पर्याप्त सिंचाईको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य भएको पत्रमा उल्लेख गरेको छ ।

यसपाली पर्याप्त पानी नपरेकोले धान रोपाई हुन सकेको छैन् भने वैकल्पिक उपाय गरेर लगाईएको धानबाली समेत नष्ट हुन थालेको छ । सरकारले कृषिमा बढी जोड दिदै किसानका यावत समस्याहरुको दीर्घकालीन समाधान नगरेसम्म सरकारले परिकल्पना गरेको “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय उदेश्य प्राप्त गर्न सकिदैन भन्ने जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।

मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई विशेष राहत प्याकेजको व्यवस्था गरियोस्, किसानहरुको लागि प्रयाप्त मलखादको व्यवस्था गरियोस्, किसानहरुले बैंकवाट लिएको ऋणको व्याज मिनाहा गरियोस्, सिचाईको लागि व्यापक डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था गर्नुपर्ने, सिचाईको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्नुपर्ने, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्नुपर्ने र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्नुपर्ने माग जसपाको छ । यस्तै, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लामा पनि पूर्व निर्धारित कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारीमार्पmत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

सर्लाहीका जसपा जिल्ला अध्यक्ष वीरेन्द्र यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्पmत प्रधानमन्त्री देउवालाई प्रदेशलाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । यस्तै, सिरहा जिल्ला अध्यक्ष अशोक यादवले पनि जिल्लालाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्पmत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध